काठमाडौँ – अक्सिजनको कमीले श्वास नलीमा अवरोध हुन गई सुत्ने बेलामा निस्कने आवाजलाई घुर्ने समस्या भन्ने गरिन्छ । यो समस्या विश्वभर नै साझा समस्याको रूपमा रहेको पाइन्छ । ५ प्रतिशत महिला र १५ प्रतिशत पुरुषमा घुर्ने समस्या हुने विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ ।
कारणहरू
- असहज सुताइ
- मोटोपन
- सुगर/प्रेसर रोग
- धूम्रपान तथा मद्यपान सेवन
- टन्सिल ठुलो हुनु ।
रोकथाम
- आफूलाई सजिलो हुने गरी सुत्ने (उत्तानो परेर सुत्नुको साटो घोप्टो वा कोल्टो परेर सुत्ने)
- धूम्रपान र मद्यपानबाट टाढा रहने
- तौल लाई नियन्त्रित राख्ने
- नुहाइ सकेपछि र सुत्न भन्दा पहिले नाकमा दुई तीन थोपा तोरीको तेल हाल्ने
- दूध तथा दूधका परिकार कम खाने
- प्रतिदिन २० मिनेट गीत गाउने अभ्यासले गला गाला तथा नाकको मांसपेशी तथा कोमल तन्तुहरूको व्यायम हुनगई घुर्ने समस्या कम गर्न मद्दत गर्छ ।
- अग्लो सिरानी हालेर सुत्ने
- साँझ चाँडै सुत्ने र बिहान चाँडै उठ्ने
- बेलुका हलुका किसिमका खाना खाने
- टन्सिलको समयमै उपचार गर्ने
- योगा गर्ने बानी बसाल्ने ।