मंगलबार , भाद्र ३०, २०८३

गोकर्णेश्वर नगरपालिकामा एमाले अगाडी

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

image

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेबाट प्रमुखका उम्मेदवार उद्दब बिष्ट १२ सय ८५ मत सहित शीर्ष स्थानमा छन् ।

काँग्रेसका दीपक रिसाल ११ सय ६० मत सहित दोस्रो स्थानमा छन् । वडा नम्बर १ को मतगणना अनुसार यो नतिजा प्राप्त भएको हो । अहिले वडा नम्बर २ को मतगणना थालिएको छ ।

एमालेबाटै उपमेयरकी उम्मेदवार सान्नानी लामाले ११ सय ९६ मत ल्याएकी छिन् भने काँग्रेसकी उम्मेदवार शान्ति नेपालले ९ सय ३३ मत ल्याएकी छिन् ।

Tags:

सम्बन्धित समाचार