मंगलबार , भाद्र ९, २०८३

यस्ता लक्षणहरू देखिएमा हुन सक्छ हृदयाघात

image

काठमाडौँ । पछिल्लो समय विश्वभर नै हृदयाघातका बिरामीहरू बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीका कारणले दश वर्ष यता हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ । हृदयाघात विशेषतः मुटुलाई रक्त आपूर्ति गराउने कोरोनरी धमनीको रोग हो । हृदयाघात यी धमनी वा धमनीका शाखाभित्र अकस्मात् रगत जम्न जाँदा, जमेको रगतको थेग्लाले धमनी थुनिदिँदा, थुनिएको भागभन्दा अगाडिका हृदयपेशीहरू अक्सिजन र पोषकतत्वको अभावमा मर्न गई देखा परेको आपतकालीन समस्या हो । यो रोग अकस्मात् घटित भए तापनि यसको पछाडि धमनीहरूमा कोलेस्ट्रोल जम्न गई धमनी साँघुर्‍याउने आर्थरोस्क्लेरोसिस् भन्ने रोगको सिलसिला वर्षौँ वर्षदेखि जोडिएको हुन्छ । धमनीहरूमा कोलेस्ट्रोल जमाउन एउटा नभएर धेरै  कारणहरू जिम्मेवार भएकाले यस रोगलाई  बहुकारणिक रोग पनि भनिन्छ ।
हृदयाघातका केही लक्षणहरू यस्ता छन् :
  • छाती दुख्ने- छातीमा केहीले थिचेको जस्तो, गह्रौँ, छाती कस्सिएको जस्तो हुने ।
  • शरीरका अरू भाग दुख्ने – छातीबाट अरूतिर दुखाइ सर्दै जानु खास गरी पाखुराहरूमा दुखाइ खास गरी बायाँ हात प्रभावित हुन्छ, तर दुवै पाखुरा पनि प्रभावित हुन सक्छ चिउँडो घाँटी पिठ्युँ र पेटमा दुखाइ हुने ।
  • सास फेर्न गाह्रो हुने ।
  • बिरामी जस्तो महसुस हुने ।
  • रिँगटा लागेको जस्तो हुने ।
  • पसिना आउने ।
  • तनाव बढेजस्तो हुने ।
  • खोकी लाग्ने वा सास घ्यार्र घ्यार्र हुने ।
  • महिलाहरूमा सास फेर्न गाह्रो हुने वा बान्ता आएजस्तो वा पिठ्युँ र चिउँडोमा दुखाइ महसुस हुने ।

Tags:

सम्बन्धित समाचार