hacklink betebet betebet giriş betebet mobil interbahis interbahis giriş interbahis mobil vidobet güncel vidobet giriş vidobet vidobet güncel giriş piabet vidobet vidobet giriş piabet giriş vidobet güncel vidobet güncel giriş piabet mobil zirvebet zirvet giriş zirvebet güncel portobet zirvebet güncel giriş portobet giriş portobet mobil anadoluslot anadoluslot giriş anadoluslot güncel anadoluslot güncel giriş milosbet galabet milosbet giriş galabet giriş milosbet güncel galabet mobil milosbet güncel giriş interbahis betasus interbahis giriş betasus giriş betasus güncel interbahis mobil betasus güncel giriş vidobet vidobet giriş vidobet güncel giriş vidobet güncel betebet betebet giriş betebet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal kingroyal giriş kingroyal mobil betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meybet meybet giriş meybet güncel giriş meybet mobil casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş piabet piabet giriş piabet güncel giriş piabet güncel betlike betlike giriş betlike güncel betlike güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal güncel giriş interbahis interbahis giriş interbahis güncel interbahis güncel giriş jojobet jojobet giriş jojobet güncel jojobet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş idata betasus betasus giriş betasus güncel giriş betasus güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil

शनिबार , फागुण २३, २०८२

हिन्दु धर्मशास्त्र वैज्ञानिक छ, त्यसैले सोह्र श्राद्धको पृथक वैज्ञानिक कारण छ

धर्म शास्त्रहरु तिथिप्रधान हुन्छन् । त्यसैले कुन तिथिमा के गर्ने भन्ने हुन्छ । आश्विन कृष्ण पक्षलाई पितृ पक्ष मानिन्छ । यस समयमा पितृ पक्षलाई पूजा गरिन्छ । यसपछि लगतै आउने आश्वीन शुक्ल पक्षमा चाँही देवीको पूजा गरिन्छ । शक्तिको पूजा गरिन्छ ।

image

लक्ष्मण पन्थी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको सदस्य सचिव हुन् । उनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यको जिम्मेवारीमा पनि छन् । अर्घाखाँचीको छत्रदेवमा जन्मिएका उनी नेपाल संस्कृत विश्वविद्यालयबाट आचार्य(एमए) हासिल गरी हाल विद्यावारिधी गरिरहेका छन् । उनी हिन्दु संस्कार, संस्कृति, ज्योतिषशास्त्र एवम वास्तुकलाको पनि गहिरो अध्ययन गरिरहेका छन् । यसै सिलसिलामा हिन्दुहरुको महान पर्व वडादशैंको पूर्वसन्ध्यामा सुरु भएको सोह्र श्राद्ध र आउँदै गरेका चाडपर्वबारे गरिएको कुराकानी :

सनातन हिन्दुहरुका लागि साउन, भदौ, असोजमा किन महत्वपूर्ण छन् ? किन यि महिनामा चाडपर्वहरु धेरै पर्ने गर्छन् ?
हिन्दु संस्कार र संस्कृतिमा विशेषगरी साउनदेखि मंसिरसम्म एकदमै ठूला चाडहरु हिन्दु धर्मालम्वीहरुले मनाउने गर्छन । किनकी यो वैज्ञानिक धर्म हो । सुरुमा नाग पञ्चमी हुन्छ, जहाँ नागलाई शिवजीको गहनाको रुपमा पूजिन्छ । नागलाई पुजा गर्नुको विश्वसनीय वैज्ञानिक आधारहरु छन् । नागलाई मात्र होइन चराहरुलाई पूजा गर्छौं । कागलाई पूजा गर्छौं । गाइलाई सम्पूर्ण चराचुरुङ्गी जगत सबैलाई पूजा गर्दछौं । त्यति मात्र होइन प्रकृतिलाई पनि पूजा गर्छौ ।
अब पर्वको कुरा गर्दा नागपञ्चमीबाट सुरु भयो । जनैपूर्णिमा, मातृसम्मान दिवस, पितृ सम्मान दिवस र लगतै अहिले सोह्रश्राद्ध सुरु हुन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्ममा १६ वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । सोह्र श्राद्ध भनेको पितृ कार्य गर्ने हो ।
त्यसपछि दुर्गा पक्ष सुरु हुन्छ, दुर्गा पूजा गरिन्छ । क्रमशः लक्ष्मी पूजा, भाइपूजा गरिन्छ । मह भनेर आफ्नो शरीरलाई आफैं पूजा गरिन्छ । त्यसैले हिन्दु धर्म एकदमै वैज्ञानिक छ । सबैलाई समान गर्दछ । यो जगत वा ब्रम्हाण्ड रहनको लागि सबैको उत्तिकै महत्वपूर्ण योगदान छ । त्यसैले सबैको पूजा गर्ने प्रचलन हाम्रो हिन्दु संस्कारमा छ ।
धर्म शास्त्रहरु तिथिप्रधान हुन्छन् । त्यसैले कुन तिथिमा के गर्ने भन्ने हुन्छ । आश्विन कृष्ण पक्षलाई पितृ पक्ष मानिन्छ । यो समयमा पितृ पक्षलाई पूजा गरिन्छ । यसपछि लगतै आउने आश्वीन शुक्ल पक्षमा चाँही देवीको पूजा गरिन्छ । शक्तिको पूजा गरिन्छ । त्यसमा विभिन्न देवीका रुपहरु महाकाली, महालक्ष्मी ,महासरस्वतीले जयविजया गरेको दिनलाई पूजा गरिन्छ ।
कार्तिकको कृष्ण पक्षमा लक्ष्मी पूजा गरिन्छ । महाकाली, महालक्ष्मीको पूजा गन्छि । हामीलाई जति नै पितृसतात्मक भनेतापनि मातृशक्तिलाई धेरै महत्वको रुपमा अगाडि बढाएको पाइन्छ ।
त्यसपछि लगतै कार्तिक शुक्लपक्ष सुरु हुँदाहुँदै द्धितीया आउँछ । त्यो भनेको भाइटीकाको पूजा हुन्छ । त्यसैगरी दिदीबहिनीलाई पूजा गरिन्छ । अहिले रक्षा बन्धनमा राखी भन्ने चलन भारतबाट आएको हो । त्यसमा बहिनीले दाजुभाइलाई बाँध्ने चलन हो । खासगरी रक्षा बन्धनको दिन गर्ने भनेको ऋषि तर्पणी, ऋषिहरुको नाममा तर्पण दिने, पूजा गर्ने र रक्षा बन्धन धारण गर्ने हो । आफ्नो सुरक्षाको लागि रक्षाकवजको रुपमा रक्षा बन्धनले काम गर्छ भन्ने मान्यता छ । सोही अनुसार पूजा गरिन्छ, त्यही भएर पनि हाम्रा चाडपर्वहरु वैज्ञानिक छन् ।

सनातन धर्मशास्त्रले श्राद्धलाई किन महत्व दिन्छ ? यसका प्रकारहरु पनि हुन्छन् ?
चाडवाडहरु सुरु भएसँगै देवकार्यहरु सुरु भएका हुन् । पूजा गर्नुभन्दा अगाडि पितृ कार्यहरुलाई पूजा गर्नुपर्छ भन्ने चलन छ । हिन्दु संस्कार अनुसार कसैको घरमा ठूलो हवन पूजा लगाउँदा पहिला भगवानलाई पूजा गर्नुभन्दा अगाडि पितृहरुलाई पूजा गरिन्छ र श्राद्ध गरिन्छ । पितृलाई खुसी नबनाएसम्म विभिन्न देवीदेवताका कर्महरु पूरा हुँदैन भनिन्छ । जति पनि चाडपर्वमा भगवानहरुको पूजा गरिन्छ, त्यो भन्दा पहिला पितृहरुको पनि चाड मान्नुपर्छ । पितृहरुको बास चन्द्रमाको शिरमा हुन्छ भनिन्छ । प्रत्येक चन्द्रमासको जुन एक महिना हुन्छ त्यो चन्द्रमास पितृको एक दिन हुन्छ र एक वर्ष १२ दिन हुन्छ । र १२ दिन सकिने वित्तिकै एउटा चन्द्रमासको समय सकिन्छ । त्यसपछि कृष्ण पक्ष सुरु हुन्छ । जतिपनि पितृ कार्य गरिन्छ, कृष्ण पक्षमा गरिन्छ । वितेर गएका पितृहरुले आश गर्ने गर्छन् । पितृ पक्षको समयमा आफ्ना सन्तानहरुले कसरी मानिराखेको छन, कत्तिको श्राद्ध गरिराखेका छन् भन्ने हेरिराखेको हुन्छन् । पितृहरुले घरमा कहिले आउँछन् भन्दा जुन दिन वितेर गएको तिथि परेको हुन्छ त्यो तिथिमा उहाँहरु आउनुहुन्छ । श्रद्धाको प्रकारमा यसलाई महालयको श्राद्ध भनेर मानिन्छ । १५ दिनको जुन पितृ पक्ष समय छ यसलाई महालय श्राद्ध भनेर चिनिन्छ । श्राद्धको अर्थ श्रद्धा पनि हो । पितृलाई मान्ने चलन अथवा बितेर गएकाहरुको लागि मानिने र सम्मान गर्ने दिन भनेको श्रद्धा गर्ने दिनलाई भनिन्छ । पितृको तिथिको दिनमा नै गर्नुपर्छ । त्यो तिथिमा गर्न मिलेन भने एकादशीमा गर्न सकिन्छ र गर्नैपर्छ । पितृले हेर्छन् र देवताले दिन्छन् । पितृ खुशी भएनन् भने हामीले जीवनमा नै काम सफलतापूर्वक गर्न सक्दैनौ ।
महालय श्राद्धमा सकेसम्म हजुरबुबाको तिथिमा गर्ने, त्यसपछि बुबाको तिथिमा गर्ने चलन छ । तर खास बुबाको तिथिमा नै गर्दा पितृहरुले तर्पण पाउँछन् भन्ने चलन छ । पितृहरुलाई खुशी बनाउनको लागि बचनहरु एकदमै मिलाउनुपर्ने हुन्छ ।

यो श्राद्ध एकै दिन र एकै ठाँउमा गर्नुपर्छ भन्ने छ, यस्तो किन गरिन्छ ?
मृत्यु कुन दिन भएको हो त्यसको तिथिको दिनमा नै श्राद्ध गरिन्छ । यसमा फेरि पिताहरुको मात्र तिथि जोडिन्छ, माताहरुको जाडिदैँन् । पिताको तिथिको दिनमा सबैको श्राद्ध गर्ने चलन छ ।
त्यो दिनमा गर्न पाएन छुट्यो भने त्यसलगत्तै एकादशी तिथि पर्छ भने त्यो दिन गर्ने हो । त्यो पनि सकिएन भने आमा औंशी तिथिमा गर्न सकिन्छ ।
तपाइँ नेपाल पञ्चाङ्ग निर्णय विकास समिति सदस्य पनि हुनुहुन्छ । विकास समितिले यतिबेला के काम गरिरहेको छ ?
नेपालको विशेषगरी पञ्चांग निर्णायक विकास समिति भनेको नेपाल सरकार एक मात्र जोतिष अथवा धर्मशास्त्रलाई आधार मान्ने संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत पञ्चांग निर्णायक विकास समिति पर्छ । यसले पञ्चांगहरु प्रकाशन गर्छ । तिथिहरुको निर्क्योल गर्छ, मूहूर्त, साइत, तिथिहरु पनि निर्णय गर्नेगर्छ । विभिन्न समयमा आउने चाडपर्वहरुको पनि निर्णय गर्छ ।
यो धेरै महत्वपूर्ण संस्था हो तर पछि परेको छ । राज्यले यसलाई हेर्ने दृष्टिकोण फरक छ । राज्यको निकायकै व्यक्ति भएर मैंले भन्न सुहाउँछ कि सुहाउँदैन् तर धर्मशास्त्र र ज्योतिषसँग सम्बन्धित कुराहरु धेरै यसमा पर्छन । नेपाल सरकारले सार्वजनिक विदा दिने कुरामा पनि कुन कुन दिन विदा दिने भनेर हामीसँग सल्लाह गर्नुपर्छ । यो दिन यस्तो तिथि छ, दिवस छ भनेर सबै खालका निर्णय गर्ने यही समितिले हो ।
समितिले गर्ने निर्णय एकदम आधिकारिक हुन्छन् । यतिकै हचुवा तालमा निर्णय गर्दैन् । विभिन्न सम्बन्धित क्षेत्रका विद्वानहरुसँग बसेर निर्णय गर्ने गरिन्छ । नेपालमा १५ जना पञ्चांगकार हुनुहुन्छ, उहाँहरुले निकालेको पञ्चांगहरु नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृत प्रदान गर्छ । त्यसकै आधारमा सार्वजनक हुन्छ ।
नेपालमा एउटा भ्रम पनि छ, सामाजिक सञ्जालमार्फत थोरै ज्ञान भएकाहरुले पनि भविष्यवाणि गरिरहेको कुरा छन । त्यसलाई नियमन पनि यही समितिले गर्छ । के गर्न हुने के गर्न नहुने, धर्म शास्त्रभित्र के के नियमहरु छन् भन्ने बारेमा जानकारी पनि यो समितिले गर्छ ।
अहिले विगत दुई वर्षदेखि हामीले के गरिरहेका छौ भने नेपालमा जति पनि क्यालेन्डरहरु प्रकाशन हुन्छन्, ती क्यालेन्डरहरु पनि नेपाल पञ्चांग निर्णायक विकास समितिसँग स्वीकृत लिएर, दर्ता गरेर निश्चित शुल्क तिरेर मात्र प्रकाशन गर्न पाउने भनेर पनि निर्णय गरेका छौ । यसलाई एउटा शूत्रको रुपमा, एकताबद्ध बनाउनको लागि पञ्चांग निर्णायक विकास समितिले काम गर्ने हो ।

तपाइँहरुले तिथि तोक्दा पनि कुनै समुदायले अघिल्लो दिन मनाउने कुनैले अर्को दिन मनाउने हुन्छ, यो किन यस्तो भएको हो ?
यस्तो कुराहरु धेरै भएका छन् । यस्ता कुराहरुलाई सकेसम्म घटाउने प्रयासमा नै छौ । यो समितिले चाडपर्वहरुको बारेमा निर्णय गर्दैगर्दा तिथिको आधारमा भएर गर्छौ । कुन पर्व कसरी मनाउने भनेर हाम्रो धर्मशास्त्र, ग्रन्थहरु छन् । ग्रन्थहरुले तोके अनुसार काम गर्ने हो । यो अघिल्लो दिन मनाउने कुनैले अर्को दिन मनाउने भन्ने कुरा मान्छेले नबुझेर हो ।
आफूले गरेका कर्मबाट राम्रो फल प्राप्त गर्ने हो, त्यसैले राम्रो कर्म राम्रो समयमा गर्नुपर्छ । निदृष्ट समयमा गर्नुपर्छ । उपयुक्त समयमा गर्नुपर्छ । त्यसकारण धर्मशास्त्रहरुले कुन समयम कुन काम गर्ने भनेर भनेको छ, त्यही समयमा हामीले गर्नुपर्यो नि । जुन जुन समयमा जे जे काम गर भनेर धर्मशास्त्रले भनेको हुन्छ त्यहि तिथिअनुसार निर्णय गरेका हुन्छौं । अहिले मान्छेहरुमा धर्मबारे थोरै ज्ञान भएपनि धेरै कुरा बुझेजस्तो गरिरहेका हुन्छन् । त्यसैले आफ्नो अनुकुल अनुसार चाडवाडहरु मनाउने चलन छ । त्यो धर्मशास्त्रले निदृष्ट गरेअनुसार छैन । धर्मशास्त्रले गर भनेको समयमा गर्दैनन् । हामीले यसबारेमा निर्णय गर्दैगर्दाखेरि धेरै पुराणहरु, वेदहरुको अध्ययन गरेर मात्र चाडहरु निर्णय गरेका हुन्छौं । अस्ति भर्खर जनैपुर्णिमा मनाउँदा पनि विवादजस्तो आयो । जनैपुर्णिमाको दिन कुन बेलामा के गर्ने भनेर फरक फरक समयमा काम गर्ने गरियो । पछि विज्ञप्ति नै निकालेर यो विषयमा बोल्नुपर्यो । धर्मशास्त्रले के निदृष्ट गरेको छ भने कुन पर्व मान्दाखेरि कसरी गर्ने ? हामीले दिने साइतहरु पनि धर्मशास्त्रका आधारमा दिएका हुन्छौं । तर समाजमा धेरै कुरा अध्ययन नगरिकन अल्पज्ञान भएका व्यक्तिहरुले धर्मग्रन्थलाई आधार मानेर व्याख्या गरिरहनुभएको हुन्छ । त्यसकारण कुनै कुरामा पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हचुवाको तालमा निर्णय गर्दैन ।
समितिले गरेका निर्णयहरु एकदमै आधारित निर्णयहरु हुन्छन् । कसैले पनि यसमा दुविधामा रहन जरुरी छैन । अहिले पनि दशैंको साइतको बारेमा अष्ट्रेलियामा र नेपालमा अलिकति फरक छ । किन फरक भयो भन्नुहुन्छ भने दशमी तिथिलाई धर्मसिन्धुहरुले जसरी भनेका छन् त्यहि अनुसार भन्नुपर्यो । त्यहि अनुसार निर्णय गर्नुपर्यो । निर्णय गर्दैगर्दा अघिल्लो दिन पर्छ कि पछिल्लो दिन पर्छ हेर्नुपर्यो । राजनीतिक निर्णय त होइन नि यो त, यो त टेक्निकल निर्णय हो । टेक्निकल निर्णय गर्दैगर्दा कसैलाई आधार मानेर, कसैको मुख हेरेर निर्णय गर्ने कुरा त होइन नि । हामीले गर्ने कर्मले राम्रो फल प्राप्त गर्छौं भने कर्म राम्रै समयमा गर्नुपर्यो नि । दिने साइत धर्मशास्त्रको अध्ययन र विज्ञहरुको सल्लाहमा दिने भएका कारण त्यहि समयमा हरेक चाड मनाउन म आग्रह समेत गर्दछु । अल्पज्ञान भएका र सामान्य निर्णय दिन सक्ने व्यक्तिहरुको पछि नलाग्न आग्रह गरेको छ ।

तर, पञ्चाङ्ग निर्णायक समितिले गरेका निर्णयहरु समूदायमा नपुग्ने र त्यहाँका स्थानीय ज्योतिषहरुले आफ्नै हिसाबले निर्णय गर्ने गरेको पाइन्छ । ज्योतिषहरुमा एकरुपता देखिदैन । यसका लागि सरकारबाट सञ्चालित समितिले के गरिरहेको छ ?
हो, अहिले अधिकांश ज्योतिषहरुले आचारसंहिता पालना गरेको देखिदैन । समूदायका सबै पण्डित र ज्योतिषहरुले न्यूनतम आचारसंहिता पालना गर्नुपर्दछ । पालन गरिएन भने त्यसरी गर्ने कर्महरु राम्रो हुदैनन् । ज्योतिष भनेको त समाज र धर्मशास्त्रलाई पनि मार्ग निर्देशन गर्ने माध्यम हो । ज्योतिषीले नै सही हिसाबले व्याख्या गरेन भने समाज पनि गलत मार्गमा जाने भयो । सही मार्गमा जानको लागि सहि ज्योतिषीको जानुपर्यो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा पनि केही समस्याहरु छन् । हामी ति समस्याहरु समाधान गर्नेतिर गइरहेका छौं ।
नेपालमा विश्वविद्यालयबाट अध्ययन गरेर आएका ज्योतिष मात्र छैनन् । घर परिवारका पिता पुर्खाबाट सिकेर आएका ज्योतिषहरु पनि छन् । विश्वविद्यालय पढेर आएका पिएचडीधारी ज्योतिष पनि छन् । सबै ज्योतिषहरुमा एकरुपता ल्याउन कुन माध्यमबाट जाँदा ठिक हुन्छ, सो कुरालाई एकरुपता ल्याउने प्रयास गरिरहेका छौं । डाक्टरहरु र इन्जिनियरहरुको लाइसेन्स हुने शिक्षकको लाइसेन्स हुने तर ज्योतिषको चाँही किन नहुने भन्ने प्रश्नहरु उठेका छन् । यस विषयमा गम्भीर भएर काम पनि गरिरहेका छौं ।
धेरै ज्योतिषहरुलाई कारबाही समेत गरेका छौं । स्पष्टिकरण सोधेका छौं । ज्योतिषले के भविष्यवाणी गर्न हुने र के नहुने भन्ने विषयमा सरकारले आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्दछ । ज्योतिषहरुले पनि न्यूनतम आचारसंहिता कार्यान्वयन गर्नुपर्दछ । कँहिकतै राज्यमा प्रधानमन्त्रीका बारेमा भविष्यवाणी गरेको पनि देखेको छु त्यो सजिलो छैन । ज्योतिष भनेको त विज्ञान हो नि । यसले जे भन्छ त्यो समयमा भएकै हुन्छ । सूर्य ग्रहण, चन्द्र ग्रहण, सुर्योदय र सुर्यास्त समयमै हुन्छ । त्यहि भएर आवश्यक अनुसन्धान र अध्ययन विना भविष्यबाँणी गर्न पाइदैन । यि विषयमा नियमन गर्नुपर्ने देखिएको छ । यसमा हामी आवश्यक सरसल्लाह गरेर अगाडि बढेर काम पनि गरिरहेका छौं । जो पायो त्यहिसँग चिना हेराउन नजान हुन आग्रह गर्दछु ।

अन्त्यमा नेपाली धर्म संस्कृति, संस्कारले पर्यटन विकासमा कस्तो प्रभाव पार्छ ?
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विगतका वर्षदेखि अमेरिका र क्यानाडा पञ्चाङ्ग प्रकाशन गरिरहेको छ । यस्तै न्यूजिल्यान्ड र अष्ट्रेलियाको पनि पञ्चाङ्ग निकाल्छौं । त्यस्तै भाइटीकाको साइत, विजयादशमीको साइत पनि ३२/३५ देशको अन्तर्राष्ट्रिय रुपमा रहेका स्थानहरुको साइतहरु लिइरहेका हुन्छौं । ति पाटोमा आउने अन्तर्राष्ट्रिय लेबलमा जस्तै अक्षाशं देशान्तर, त्यहाँको मानव समय, स्ट्यान्डर समय, सुर्योदयकालिन समयमा तिथिको अवस्था हेरेर पञ्चाङ्ग निर्णय गर्छौं । कतिपय तिथिहरु कहिलेकाहीँ घटबढ भइरहेको हुन्छ, घटबढ भइरहँदा दशैं नेपाल र अष्ट्रेलियाको एक दिन अगाडि पछाडि परेको छ । यस विषयमा धेरै अध्ययन गरेर निर्णय गरेका हुन्छौं । एउटा ग्रन्थलाई मात्र आधार मानेर निर्णय गर्दैनौं । नेपाल धर्म संस्कृतिको ठूलो धनी देश हो । धेरै संस्कृतिहरु र चाडवाडहरु मनाइन्छ । शान्तिको प्रतिक बुद्ध जन्मेको देश नेपाल भएकाले र पशुपतीनाथ जस्ता ठूला शक्तिपीठ भएका कारणले नेपालमा विभिन्न देशमा व्यक्तीहरु भ्रमण गर्न चाहन्छन् । यसैबीच पर्यटन क्षेत्रमा पनि राम्रै फाइदा भइरहेको हुन्छ । नेपाल भनेको तपोभूमी हो, देवभूमी हो । तप र ध्यान गर्यो भने फल प्राप्त हुन्छ । तर नेपालमा गरेको तप ध्यान अमेरिका अथवा अन्य देशमा ध्यान र तप गर्यो भने फल प्राप्त नहुनसक्छ । विदेशीहरु नेपालमा आएर आफ्नो जन्मदिन मनाउँछन् । पूजा गर्छन, राम्रो नजरबाट विदेशीहरु पनि नेपाललाई हेरिररहेका कारणले नेपालको संस्कृति पर्यटनलाई प्रवद्र्धन गरिरहेका छौं ।
विभिन्न ढंगबाट नेपालमा चाँही र्सास्कृतिक, ज्योतिष, धार्मिक रुपबाट नेपालमा विदेशीहरु ल्याउन सक्छौं । नेपाल पूर्ण रुपमा शक्ति प्राप्त गरेको देश हो । देवताको भूमी हो, देवता जन्मेको ठाउँ हो । नेपालमा गरेका कर्महरु पूर्ण रुपमा सफल हुन्छन् । एकमात्र सुर्योदयको देश भनेर नेपाललाई मान्न सकिन्छ किनभने सूर्योदय भन्दा सुरुमा सबैभन्दा अग्लो सगरमाथा नेपालमा रहेको छ । वास्तुका हिसावमा पनि नेपाल उच्च लेबलमा छ । उच्च लेबलमा भएका कारणले ब्रम्हान्डबाट आउने शक्तिहरु, उर्जाहरु, औराहहरु नेपालमा मात्र धेरै प्राप्त गर्न सकिन्छ । नेपालमा गरेका कर्महरु जति पनि सफलतातिर लाग्न सकिन्छ भने बाहिर गरेका कर्महरुको परिणाम नेपालको रेसियोमा प्राप्त गर्न सकिँदैन ।
त्यसैले पर्यटन प्रवद्र्धनमा पनि अन्तर्राष्ट्रिय सभा सम्मेलन पनि गरिरहेका हुन्छौं । आगामी दिनमा नेपालमा अन्तर्राष्ट्रिय ज्योतिष सभा सम्मेलन गर्नेछौं । यसरी कहिले नेपालमा त कहिले बाहिर पनि सभा सम्मेलन गरिरहेका हुन्छौं । विषेशगरी नेपाललाई बढि तार्गेट गरेर नेपालमा अन्तर्राष्ट्रिय सभा सेमिनारहरु ज्योतिष, वास्तु, धर्मशास्त्रका क्षेत्रबाट, समग्र पूर्वदर्शनको क्षेत्रबाट सभा सम्मेलन गरेर पर्यटन प्रवद्धन गरिरहेका छौं । धार्मिक, सास्कृतिक माध्यमबाट स्पेसल टुरिजम बनाउन सक्छौं । यसका लागि सरकार, पर्यटन मन्त्रालय, संस्कृति मन्त्रालयले यसलाई बढी फोकस गर्यो भने पर्यटन प्रवद्र्धनमा धेरै गर्न सकिन्छ ।
नेपालमा पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नको लागि धेरै आयामहरु छन् । एउटा आयाम ज्योतिष क्षेत्र पनि हो । चाडवाडहरु रितीरिवाजहरु, संस्कृतिहरुलाई भड्किलो रुपमा नबनाएर राम्रोसँग फल कसरी प्राप्त हुन्छ ? कर्महरुले फल प्राप्त गर्नेगरी कर्महरु गर्नुपर्छ । विकृति सबै क्षेत्रमा छ । विशेषगरी यो विकृतिलाई भित्र्याँउन दिनुहुँदैन । भएको गहनालाई चिन्न जरुरी छ । ज्योतिष र धर्मशास्त्र क्षेत्रलाई हामी सबैले चिन्नुपर्छ ।

सम्बन्धित समाचार