Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170

Deprecated: Creation of dynamic property ACF::$fields is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/includes/fields.php on line 136

Deprecated: Creation of dynamic property acf_loop::$loops is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/includes/loop.php on line 26

Deprecated: Creation of dynamic property ACF::$loop is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/includes/loop.php on line 270

Deprecated: Creation of dynamic property ACF::$revisions is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/includes/revisions.php on line 413

Deprecated: Creation of dynamic property acf_validation::$errors is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/includes/validation.php on line 26

Deprecated: Creation of dynamic property ACF::$validation is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/includes/validation.php on line 212

Deprecated: Creation of dynamic property acf_form_customizer::$preview_values is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/includes/forms/form-customizer.php on line 26

Deprecated: Creation of dynamic property acf_form_customizer::$preview_fields is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/includes/forms/form-customizer.php on line 27

Deprecated: Creation of dynamic property acf_form_customizer::$preview_errors is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/includes/forms/form-customizer.php on line 28

Deprecated: Creation of dynamic property ACF::$form_front is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/includes/forms/form-front.php on line 603

Deprecated: Creation of dynamic property acf_form_widget::$preview_values is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/includes/forms/form-widget.php on line 34

Deprecated: Creation of dynamic property acf_form_widget::$preview_reference is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/includes/forms/form-widget.php on line 35

Deprecated: Creation of dynamic property acf_form_widget::$preview_errors is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/includes/forms/form-widget.php on line 36

Notice: Function wp_enqueue_script was called incorrectly. Scripts and styles should not be registered or enqueued until the wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the media-upload handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170

Notice: Function wp_enqueue_script was called incorrectly. Scripts and styles should not be registered or enqueued until the wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170

Notice: Function wp_enqueue_style was called incorrectly. Scripts and styles should not be registered or enqueued until the wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170

Notice: Function is_feed was called incorrectly. Conditional query tags do not work before the query is run. Before then, they always return false. Please see Debugging in WordPress for more information. (This message was added in version 3.1.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170

Notice: Function is_feed was called incorrectly. Conditional query tags do not work before the query is run. Before then, they always return false. Please see Debugging in WordPress for more information. (This message was added in version 3.1.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170

Notice: Function is_feed was called incorrectly. Conditional query tags do not work before the query is run. Before then, they always return false. Please see Debugging in WordPress for more information. (This message was added in version 3.1.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170

Notice: Function is_feed was called incorrectly. Conditional query tags do not work before the query is run. Before then, they always return false. Please see Debugging in WordPress for more information. (This message was added in version 3.1.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170

Deprecated: Creation of dynamic property acf_field_oembed::$width is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/includes/fields/class-acf-field-oembed.php on line 31

Deprecated: Creation of dynamic property acf_field_oembed::$height is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/includes/fields/class-acf-field-oembed.php on line 32

Deprecated: Creation of dynamic property acf_field_google_map::$default_values is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/includes/fields/class-acf-field-google-map.php on line 33

Deprecated: Creation of dynamic property acf_field__group::$have_rows is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/includes/fields/class-acf-field-group.php on line 31

Deprecated: Creation of dynamic property acf_field_clone::$cloning is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/pro/fields/class-acf-field-clone.php on line 34

Deprecated: Creation of dynamic property acf_field_clone::$have_rows is deprecated in /home/himaldar/public_html/wp-content/plugins/advanced-custom-fields-pro/pro/fields/class-acf-field-clone.php on line 35
‘विवाह र ‘सरोगेसी मदर’का नाममा मानव बेचबिखन बढेको छ’
Warning: Undefined variable $num in /home/himaldar/public_html/wp-content/themes/himaldarpan/functions.php on line 195

शुक्रबार , जेठ २९, २०८३

‘विवाह र ‘सरोगेसी मदर’का नाममा मानव बेचबिखन बढेको छ’

image

सुनिता दनुवार मानव बेचविखनविरुद्ध क्रियाशील चर्चित अभियन्ता हुन् । कुनै समय देहव्यापारका लागि भारतको कोठीमा बेचिएकी उनी महाराष्ट्रबाट उद्धार भएपछि मानव बेचविखनविरुद्धको अभियानमा शसक्त रुपमा लागिपरेकी छिन् । अभियानमा निरन्तरको क्रियाशीलताले उनलाई विश्वका चर्चित अवार्डहरु पनि दिलाएको छ । सन् २०१४ मा स्विडेनमा ‘सिटेन अवार्ड’, सोही वर्ष ‘एसिया डेमोक्रेटिभ एण्ड ह्युमन राइट्स अवार्ड’, २०१५ मा ‘वर्ल्ड ओमन एचिभमेन्ट अवार्ड र २०१८ मा ‘हिरो’ अवार्डबाट सम्मानित भइसकेकी छिन् ।

अमेरिकाको प्रख्यात पत्रिका ‘फर्चयून म्यागजिन’ ले विश्वका ५० नेतृत्वकर्ताको सूचीको ३६ औं नम्बरमा समेटिएकी उनी हाल सुनिता फाउन्डेशनमार्फत समाजसेवामा सक्रिय छिन् । शक्ति समूह नामक संस्थाको संस्थापक अध्यक्ष समेत रहेकी दनुहार हाल सुनिता फाउन्डेशनको अध्यक्षको भूमिकामा छिन् । नेपालको मानव बेचविखनको अवस्था, नीतिगत एवम कानुनी जटिलता साथै व्यवहारिक समस्याहरुबारे  गरिएको कुराकानी :

पछिल्लो समय के काममा व्यस्त हुनुहुन्छ ? सुनिता फाउन्डेसनले के गरिरहेको छ ?
अहिले सुनिता फाउन्डेसनले मानव बेचबिखनमा परेर फर्किएका महिलाहरुको अधिकारको लागि ‘आर्थिक पुनर्मिलन’ कार्यक्रम सञ्चालन गरिरहेको छ । अलिक फरक तरिकाले काम गरिरहेका छौं । बेचबिखनमा परेकाहरुलाई नगद पैसा दिँदा परिवारबाट सहयोग नपाउने भएका कारण उहाँहरु आफैं व्यवसाय गर्न चाहनुहुन्छ । त्यस्तो कामका लागि पहिचान गर्ने र त्यही अनुसारको तालिम दिएर कुखुरा, बाख्रा, बंगुर पालन, किराना पसल, खाजा घर सञ्चालन जस्ता आयमूलक काममा सहयोग गरिरहेका छौं ।

गोठ बनाइदिने र उहाँहरु आफैंले छनोट गरेका बाख्रा किनेर गोठमा हालिदिने तर नगद पैसा नदिने गरेका छौं । यस्तो कार्यक्रमहरु दिर्घकालिन रुपमा सफल भएको हामीले पाएका छौं । त्यसैगरी, जो बेचबिखनमा परेर फर्किनुभएको छ उहाँहरुको कानूनी सहयोग समेत दिइरहेका छौं । उहाँहरुमा देखापर्ने मानसिक समस्याहरुबाट मुक्ति दिलाउन परामर्श सेवा समेत प्रदान गर्दै आइरहेका छौं । बेचबिखनमा परेर फर्किएका नेपाली दिदीबहिनीहरुलाई सबै प्रकारको सहयोगहरु गरिरहेका छौं । बिरामी अवस्थामा उपचार पाउनेदेखि छोराछोरीहरुलाई पढाउने काममा समेत सहायता मिलेको छ । फाउन्डेसनले मानब बेचबिखनमा परेका नेपालीहरुहरुलाई प्रभावकारी रुपमा समाजमा पुनःस्थापना र समस्याहरुको समाधानका लागि प्रभावकारी तरिकाले काम गरिरहेको छ । इच्छा अनुसार फोटोग्राफर, बेकरी उद्योग, चिया र कफि बनाउने तालिमहरु समेत प्रदान गर्दै आइरहेका छौं । सेल्डर होम समेत संचालनमा छ । सेल्टरमा बालिकाहरुलाई राखेका छौं । दुई बर्षमा प्रत्यक्ष आर्थिक सहयोग चाहीं ५० जना दिदीबहिनीहरुलाई गरेका छौं । त्यस्तै मानब बेचबिखनमा संलग्न रहेको शंकास्पद व्यक्तिहरुलाई प्रहरी र स्थानीय सरकारहरुको सहयोगमा नियन्त्रणमा लिनका लागि सहयोगी भूमिका निर्वाह गरिरहेका छौं ।

यि सबै कामका लागि फाउन्डेसनले स्रोत चाँही कहाँबाट जुटाइरहेको छ ?
हामीलाई अन्तर्राष्ट्रिय दातृ निकायहरुबाट सहयोग मिलेको छ । पार्टनरका रुपमा इक्प्याट लक्जम्बर्ग छ । जापानबाट सानो शिक्षा सहयोग पाइरहेका छौं । बेलायतबाट पनि सहयोग मिलिरहेको छ ।

नेपालमा भएका पछिल्ला अध्ययनहरुले देखाएको तथ्यांकले मानव बेचबिखनको अवस्था जर्जर देखाएको छ । लामो समयदेखि यही क्षेत्रमा काम गरेको हिसाबले मानव बेचविखनको अवस्थालाई कसरी हेर्नुभएको छ ?
तपाईले भनेजस्तै नेपालमा मानव बेचबिखनका स्वरुपहरुमा परिवर्तन भएका छन् । पहिले मानव बेचबिखन भन्ने वितिक्कै केटी, महिला मात्र बेचिन्छन् त्यो पनि दिल्ली, बम्बै (अहिलेको मुम्बै), कलकत्ताका कोठीहरुमा मात्र बेचिन्छन् भन्ने अवधारणा थियो । तर पछिल्लो समय आन्तरिक बेचबिखन बढिरहेको छ । मसाज, दोहोरी, क्लब र क्याबिन, रेस्टुरेन्टहरुका नाममा बेचबिखन भइरहेको छ । त्यसैगरी वैदेशिक रोजगारीका नाममा समेत ठूलो संख्यामा महिला, युवाहरु र पुरुषहरु समेत बेचबिखनमा पर्नुभएको छ । पहिले दलालहरु गाउँ गाउँमा गएर दिदीबहिनीहरुलाई ललाईफकाई गरी बेच्ने चलन थियो भने अहिले सामाजिक सञ्जालको माध्यमबाट एउटा बन्द कोठामा बसेर दलालले आफ्नो पञ्जामा पारिरहेका छन् ।

फकाउने, भेट्ने, खाजा खान जाऔं, घुम्न जाऔं भनेर लैजाने र कोठीहरुमा बेचेको हामीले पाएका छौं । बेचबिखनको स्रोत र स्वरुपहरु बदलिएका छन् । विवाहको नाममा समेत मानव बेचबिखन भइरहको छ । सरोगेसी मदरको नाममा समेत भइरहेको छ । तर, हाम्रो काम गर्ने शैली पुरानो छ क्या । सीमा नाकाहरुमा बुथ राख्ने अनि नाकामा जाने जो पनि बेचिन मात्र गएको हो जस्तो गरेर पक्राउ गर्ने चलन छ । एउटै सिमानाकामा सात आठ वटा संस्थाको बुथहरु राख्ने काम भएको छ तर समूदायमा सचेतनाका कामहरु भएको छैन् । अहिलेको जमानामा बिहान कमाएर साँझ के खाने परिवार पनि छन् । भोको पेटमा त त्यो परिवारले कसैको कुरा सुनेर बस्दैन नि त । यो अवस्थामा आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने बेला भएको छ । त्यसमा हाम्रो कमजोरी छ । राज्यका सरकारी निकायहरु त्यसमा ध्यान दिएका छैनन् ।

अहिलेसम्म होलस्टिक रुपमा काम कसैले गरेको पनि छैन । नेपालमा पहिलो पटक हामीले काम गरिरहेका छौं । पर्याप्त गर्न नसकेपनि सन्तुष्ट चाँही छौं । सरकारले मानव बेचबिखन प्रभावितको लागि भनेर बनाएको समितिमा म पनि सदस्य छु । तर हाम्रो चलन के छ भने र्याली गर्ने, प्रभावितलाई सम्मान गर्ने जस्ता कामहरु मात्र भए । यस्तो मात्र गरेर भएन यो त सधैं भइरहेको छ । यसले समुदाय वा प्रभावितहरुलाई के फाइदा भयो भन्ने हेर्नुपर्छ । फरक तरिकाले जाउँ भनेर आवाज उठाइरहेका छौं । सचिवज्यू र मन्त्रीज्यूहरुले प्रतिवद्धता पनि देखाउनुभएको छ । पूरानो शैलीबाट काम गर्न सबै जनाले छाड्नुपर्ने बेला आएको छ । मानव बेचबिखन विभिन्न स्वरुपमा बढिरहेको छ । यसका लागि नीजि संस्था र राज्यका निकायहरुले एक आपसमा समन्वय गरेर अगाडि बढ्न आवश्यक छ । बेचबिखनविरुद्धको कानूनले आन्तरिक बेचबिखनलाई पनि समेट्दैन, वैदेशीक रोजगारीमा गएर बेचिएकाहरुलाई पनि समेट्दैन । कानूनले अहिले पनि मानव बेचबिखनलाई यौनसँग जोडेको छ । यौनसँग सम्बन्धित शब्दहरु परिमार्जन गरेर यौंन हिंसाको लागि मात्र नभई विभिन्न बहानामा बेचिएका दाजुभाइलाई न्याय दिलाउनकालागि कानून संशोधनको कुरा उठाइरहेका छौं । मानव बेचबिखनविरुद्ध सम्बन्धि कार्यक्रम बनाउँदा बेचिने भनेको गरीब र अशिक्षित मात्र भनेर बनाउने होइन सम्पन्न र वौद्धिक वर्गहरु समेत जोखिममा छन् ।

मानव बेचबिखनको शिकारमा गरिव र विपन्न वर्ग मात्र नभई शैक्षिक वर्ग समेत पर्ने गरेका छन् । हाम्रो समाजको चेतनाको स्तर कस्तो पाउनुहुन्छ ?
अलिकति धनी अथवा बुझेको मान्छेहरुलाईलाई राम्रो अवसरको आश्वासन दिँदै त्यसको फाइदा दलालले लिइरहेका छन् । सचेत र पढेलेखेका युवतीहरुलाई समेत विदेशका विभिन्न स्थानहरुमा छात्रवृत्तिमा पढाइदिने र राम्रो काममा लगाइदिने भन्दै फकाएर लगेर बेचबिखन गर्ने गरेको पाइन्छ । बुझेका छन्, पढेलेखेका छन्, शिक्षित छन् भनेपनि फसिरहेका छन् । जस्तै म तपाईलाई एउटा उदाहरण दिन्छु । काठमाडौंमा घर भएको एनजिओमा काम गर्ने मान्छे । तर दलालले के ट्रिक लाएभने म यूएनमा काम गर्छु भनेर केही समय पछ्यायो । त्यसपछि उनीहरुबीच लभ पर्यो अर्थात मायाप्रेममा परे । लभ परिसकेपछि दलालले केटीलाई तिमी नेपालमा र म विदेशमै बस्यौं भने विहे गर्न दिदैनन् । बरु म यूएनबाट राजीनामा दिन्छु । तिमी र म दिल्ली गएर दिल्लीको यूएनमा फाइट गरौं । त्यही घरजम गरौं, भन्यो । पाँच, छ वर्षको लभ थियो केटीले विश्वास गरिन । दिल्ली गए । त्यता गएपछि कोठीमा बेचिदियो । ति बहिनीको उद्धार हामीले नै गरेका हौं । उनी घर परिवार र विभिन्न कारणले खुल्न चाहिनन् । उनको इच्छा विपरित हामी गएनौं ।

स्तर अनुसारको मानव बेचबिखन भइरहेको छ । गरिबहरुलाई आफूसँग गए राम्रो पारिश्रमिक भएको जागिर खोजिदिन्छु, राम्रो पैसा कमाउँछौ भनेर फकाएर लगेका केसहरु पनि छन् । धेरैलाई त बेहोस बनाएरै लगेको केसहरु पनि छन् । दलालहरुले वर्ग अनुसार फकाइरहेको पाइन्छ । मैंले यस क्षेत्रमा काम गरेको २८ बर्ष भयो, कुनै बेला म आफैं पनि मानव बेचबिखन प्रभावित महिला हो । समस्यामै परेर आएको हुँ । अहिलेको अवस्था तुलना गर्ने हो भने धेरै परिवर्तन पनि आएको छ । बेचबिखनमा परेर आएको भन्ने सुन्ने वित्तिकै छिमेकीहरुले त्यो केटी कस्ती रहिछ हेर्नपाए हुन्थ्यो भन्ने खालको सोच थियो । अस्पतालमा जाँदा डाक्टरहरु बेचिएर आएको थाहा पाएपछि छुन घिनाउँथे । तर अहिले त्यस्तो छैन । परिवारले पनि सहजै तरिकाले स्वीकार गरिरहेको छ । तर, केहीले छोरीलाई तपाई सेल्टरमा राखिदिनुस्, जागिरको व्यवस्था गरिदिनुस् भन्ने खालका प्रस्तावहरु पनि आउने गर्छन । कतिपय परिवारले बल्लतल्ल मेरो छोरी फर्किएर आयो लिएर जान्छु भन्ने पनि आउँछन् । अहिलेको समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ ।
पहिले बेचिने महिलाको चरित्रमाथि प्रश्न उठाइन्थ्यो । चञ्चले थिई, उत्ताउली थिई, आफ्नै कारणले बेचिन पुगि भन्ने थियो नि त । अहिले चाँही बेचिनुमा उसको दोष होइन भन्ने सोच समाजमा आएको देखिन्छ ।

तर, मानव बेचबिखनमा परेर उद्धार गरि ल्याइएका खबरहरु आउछन् तर दोषिमाथि कारबाही भएको खबर सुनिदैन नि । के दलालहरुलाई राजनीति दल वा पहुँचवालाको संरक्षण हुन्छ ?
तपाईले भनेको एकदमै सहि हो । कुनैपनि मानव बेचबिखनका घटनाहरु हुने वितिक्कै राजनीतिक दबाब आउन सुरु हुन्छ । एउटा भर्खर नुवाकोटको घटना छ । दोषीलाई कारबाही गर्नका लागि त्यहाँको स्थानीय सरकारले सहयोग गरेको देखिन्छ । तर, कुनै राजनीतिक दलले संरक्षण गर्न खोजिरहेको छ । एउटा पार्टी त उसलाई निकाल्नुपर्छ भन्ने तिर गैसकेको छ । जो बेचबिखनमा परेर फर्किएर आएको छ उसलाई समाजबाट बहिस्कार र बेच्न दलाललाई सामाजिक र राजनीतिक संरक्षण छ । सामान्य मान्छेले मान्छेलाई नै बेच्ने जस्तो जघन्य अपराध गर्न सक्दैन क्या । जसको पछाडि ठुलो संरक्षण गर्ने शक्ति छ उसले अपराधिक गतिविधि गर्दोरहेछ । सोझोले कहिले पनि आँट गर्न सक्दैन । त्यसकारण राजनीति संरक्षणका कारणले प्रभावितले न्याय नपाउने अवस्था र दलाल छाती खोलेर हिँडिरहेको अवस्था छ । अहिले पनि यही कारण मानव बेचबिखन प्रभावितले न्याय नपाउने र समाजबाट बहिस्कार हुनुपर्ने स्थिति छ ।

आन्तरिक र वैदेशीक रोजगारीका नाममा बेचिने युवा युवतीहरु त छदैछन् । पछिल्लो समय बालक वा बालिका आफ्नै घर, समाज र परिवार वरपर सुरक्षित छैनन् भनिन्छ । तपाईलाई के लाग्छ ?
यसमा सत्यता छ । पहिलेभन्दा अहिले लैगिंक र यौनिक हिंसाहरु समेत बढेका छन् । बलात्कार गरेर मारिदिने, वेपत्ता पारिदिने घट्नाहरु तथ्यांकले नै बढेको पाइन्छ । मुलुकमा लोकतन्त्र त आयो तर छाडातन्त्र उत्तिकै बढेको छ । पहिले मान्छेमा डर हुन्थ्यो, अहिले मान्छेमा डर छैन । सिंहदरबार घरघरमा भनिन्छ तर कुन घरले चाँही सुरक्षित महसुस गरेको छ ? कुन घरको बालिकाले आफू सुरक्षित छु भनेर महसुस गरेको छ ? जो अलि शक्तिको पहुँचमा छ उ सिंहदरबार पनि आएको छ, अपराध गर्ने आँट पनि गरेकै छ । निर्धक्क भएर अपराधहरु गरिरहेको छ । तर जसले महसुस गर्नुपर्ने हो उनीहरुलाई अहिले पनि थाहा छैन के हो सिंहदरबार भनेर । त्यसैले अब पीडितले न्याय पाउनेगरि कानूनहरु बन्नुपर्ने देखिन्छ । नुवाकोटकै कति धेरै वडाहरु छन् जहाँ संघर्ष गर्नुपर्ने उमेरका कोही पनि भेटिदैनन् । गाउँमा बच्चा र वृद्धवृद्धाहरु मात्र छन् । कसैको मृत्यु भयोभने त्यहाँ लास उठाउने मान्छेहरु छैनन् । त्यो नेपालको आर्थिक विपन्नताको कारणले हो नि । आर्थिक रुपमा विपन्नताका कारण वैदेशीक रोजगारीमा जान बाध्य छन् । अनि ठगिन्छन् , बेचिन्छन् । नेपालमा रोजगारीको अवसर सिर्जना गरिदिने हो भने आधाजति ठगी र बेचबिखनका अपराधहरु हटेर जान्छन् ।

मानव बेचबिखन रोक्नका लागि अब के गर्नुपर्ला ? प्रहरी प्रशासनको भूमिकालाई कसरी मूल्यांकन गरिरहनुभएको छ ?
सरकारले अहिले चाहीं केही गरिरहेको छ भन्न सकिन्छ । यही मात्र केस हेर्ने भनेर मानव बेचबिखन ब्यूरो नै स्थापना गरेको छ । जिल्ला जिल्लामा पनि कामहरु भइरहेको देखिन्छ । अब जिल्ला प्रहरी कार्यालयहरुमा महिला सेल राख्ने र त्यसले महिलाको मुद्दा मात्र हेर्ने भनेर काम गरिरहेको छ । कतिपय ठाउँहरुमा महिला सेलहरु छन् । तर दुःखको कुरा महिला हाकिम भएर जानुपर्नेमा पुरुष हाकिम हुनुहुन्छ । अब त्यो ठाउँमा कुनैपनि पीडित महिला गएर उसले आफ्नो व्यथा सुनाउन सक्छ त ? जति महिलालाई उनीहरुले खुल्ला रुपमा भन्छन्, त्यति पुरुषहरुलाई त भन्न सक्दैनन् नि । यसमा पीडितहरुको सहज पहुँच पुर्याउनका लागि काम गर्यो भने मात्र यस्ता अपराधका घट्नाहरु न्यूनीकरण गर्न सम्भव छ । तर अहिले पनि नगरेको त होइन । तर न्याय छिटो र छरितो हुनुपर्यो । मानव बेचबिखन प्रभावित भएको प्रमाणित हुनुवित्तिकै उनीहरुले क्षतिपुर्ति पाउनुपर्यो क्या । नेपालमा त एउटै मुद्दा फैसला हुन दशौं वर्ष लाग्छ, फैसला आउञ्जेलसम्म प्रभावितको मृत्यु समेत भइसकेको हुन्छ । अधिकांश दिदीबहिनीहरु झमेला झेल्नुपर्ने कारणले पनि कानूनी प्रक्रियामा जादैनन् । अर्को कुरा सुरक्षाको जोखिम हुन्छ । दलालले धम्की दिने कारणले पनि कति पीडितहरु कानूनी लडाई लड्न नसक्ने अवस्थामा छन् । उल्टै मिडियामा समाचारहरु आएर आफू नांगिने डरले पनि महिलाहरु खुल्न सकिरहेका छैनन् । खुलेर गयो भने समाजबाट बहिष्कार हुने भोलिको दिनमा बिहे नहुने लगायतका समस्याहरु रहन्छन् । तीनै तहको सरकारले क्षतिपुर्तिको व्यवस्था गर्यो भने धेरै जनाहरु खुलेर कानूनी लडाईमा जान आतुर छन् जस्तो लाग्छ ।

तपाई शक्ति समूहमा पनि आवद्ध हुनुहुन्छ । यसको स्थापनाको परिकल्पना कसरी भएको हो ?
शक्ति समूहको फाउन्डर म आफैं हो । अहिले म त्यसमा सक्रिय नभएपनि सहकार्य र समन्वय भइरहेको छ । सन् १९९६ मा हामी भारतको मुम्बै शहरको एक वेश्यालयमा बेचिएका थियौं । १८ वर्षमुनिका पाँचसय जना बालिका र युवतीहरुलाई भारत सरकारले बाहिर निकालेको थियो । त्यसमा तीनसय भन्दा बढी नेपाली थियौं । त्यहाँ रहेको भारतीय, बंगाली र नेपालीको उद्धार गरिएको थियो । भारतले आफ्नो देशका बालिकाहरुलाई परिवारसँग पुर्नमिलन गरायो । बंलादेशले स्वदेश फिर्ती गरायो । तर, नेपाल सरकारले स्वदेश फर्काउन मानेन । नेपालले उनीहरु नेपाली हो भन्ने के प्रमाण छ ? नेपाली बोल्दैमा कोही नेपाली हुन्छन् ? भनेर ल्याउन मानेन । उनीहरुलाई नेपाल ल्यायो भने नेपालमा एचआईभी एड्सको पोको भित्रिन्छ भन्ने डर थियो तत्कालिन सरकारलाई । पछि सेल्टर चलाउने सातवटा संस्थाहरुले हाम्रो छोरीचेली हो भनेर सरकारले चाहेन भने हामी ल्याउँछौं भन्दै नेपाल फर्काएको हो । त्यहाँ हामीलाई बेच्ने पनि नेपाली किन्ने पनि नेपाली नै थिए । यो कथा मैंले ‘आँशुको शक्ति’ नामक किताबमा लेखेको छु । त्यसबेला समाचारमा ‘बम्बैका वेश्याहरु’ भोलि नेपाल आउँदै’ । यति नम्बरको प्लेनमा यो समयमा आउँदैछन् भनेर नकारात्मक समाचारहरु मिडियामा पनि आएका थिए । प्लेनबाट झर्दा त अर्कै ग्रहबाट आएको जस्तोगरी हेर्नेहरुको लाइन थियो । हामीले आफूसँग जे छ त्यहीले मुख छोपेर निस्कियौं । हामी एकदम मिल्ने त्यही समूहमा १२ जना थियौं । पछि १२ जना एकै संस्थामा जान्छौं, भन्यौं । ओरेक नेपालकी डाक्टर रेणुले १२ जनालाई आफ्नो संस्थामा लिएर जानुभयो । ओरेक सेल्टरमा बसेपछि हामीलाई एचआईभी टेस्टका लागि लगियो । धेरै जनामा एचआईभी पोजेटिभ देखियो । त्यतिबेला जिन्दगी अन्धकार जस्तो भयो । पछि डाक्टर रेणुले नै आधारभूत स्वास्थ्य तालिम दिनुभयो, तालिम लिएपछि हाम्रो गल्ती त होइन रहेछ भन्ने भयो । तालिम लिएका १५ जनाहरु मिलेर आफूमाथि अन्याय गर्ने अपराधीलाई कानूनी कठघरामा ल्याउनैपर्छ भनेर र आफूहरुको आँशूलाई शक्तिमा बदल्ने भनेर शक्ति समूह स्थापना गरेका हौं ।

अहिले मानव बेचबिखनमा परेकाहरुले समाजमा पुर्नस्थापित हुन कत्तिको गार्हो छ ?
अहिले पनि गार्हो नै छ । राजधानी काठमाडौंमै पनि म बेचबिखन पीडित हो भनेर गयो भने कोठा भाडामा पाइदैन । कही काम गरेको छ भने त्यहाँको अनरले यसलाई एब्युज गर्न थाल्छ । अहिले पनि मानिसहरुको सोच त्यही नै छ । परिवार समाज बुझेर बस्ने हो भने सहज छ नत्र गाह्रो नै छ । अहिलेपनि मानव बेचबिखनमा परेर आएकी हुँ भनेर खुलेर भन्न सक्ने अवस्था छैन् ।

तपाई आफू पीडित हुँदाको समाजको चेतनको स्तर र अहिलेको चेतनाको स्तर कति फरक छ ?
पहिलेको तुलनामा अहिले फरक छ । बेचिएको केटी हेर्न पाएहुन्थ्यो भन्ने सोच पहिलेको समाजमा हुन्थ्यो भने अहिले त्यस्तो छैन । त्यतिबेला कोहि बेचिएको महिला आयो भने आफ्नै कारणले बेचिएको हो भन्ने थियो। अहिले त्यो छैन । जानेर बेचिएको होइन भनेर अहिलेको समाजले बुझ्न थालेको छ । त्यही अनुसार कानूनहरु परिमार्जन भएका छन् । होला कानून कार्यान्वयनको अवस्था अहिले पनि फितलो छ । तर कानून छ नि । धेरै कुराहरु परिवर्तन भएका छन् तर, अझै पनि धेरै कामहरु गर्न बाँकी नै छन् । मैले देखेको सपनाको समाजमा छोरीहरु राति एक्लै हिड्न नडराओस्, आफ्नो देशमा छुँ भन्ने अनुभव गर्न पाइयोस् ।

सुनिता फाउन्डेसनका भावि योजनाहरु के के छन् ?
अब हामी बेचबिखनमा पर्नुभएकाहरुको आर्थिक पुर्नमिलन नै निरन्तर गर्छौं । त्यसको साथै सचेतनामुलक कार्यक्रमहरु पनि सँगसँगै लग्ने योजनामा छौं । मानव बेचबिखनविरुद्ध पीडितहरुको समितिको सञ्जाल बनाउँछौं । कतिपय ठाउँहरुमा समितिहरु नै बनेका छैनन् । भएका समितिहरुलाई अझै सशक्त बनाएर लाने र नभएका ठाउँहरुमा समिति बनाएर मानव बेचबिखनको सिकार भएका दाजुभाई दिदीबहिनीहरुको आँशुलाई शक्तिमा रुपान्तरण गर्ने हाम्रो लक्ष्य र सपना छ ।

सम्बन्धित समाचार