स्थानीय तहको निर्वाचन चलिरहँदा ठाउँ-ठाउँमा झडप भएको खबर आइरहेको छ ।
काठमाडौं । स्थानीय तहको निर्वाचन चलिरहँदा ठाउँ-ठाउँमा झडप भएको खबर आइरहेको छ । यसैबिच हुम्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित मालिका मावि मतदान केन्द्रमा झडप भएको छ । सो झडपमा दस जना घाइते भएका छन् ।
काँग्रेस-माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबिच इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषय विवादमा परिणत हुँदा झडप भएको जनाइएको छ ।
झडपसँगै मतदान रोकिएको छ । सो ठाउँमा ४६० मत खसिसकेको छ भने ४०० मत खस्न बाँकी रहेको छ । खार्पुनाथामा एमालेलाई नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ ।