hacklink betebet betebet giriş betebet mobil interbahis interbahis giriş interbahis mobil vidobet güncel vidobet giriş vidobet vidobet güncel giriş piabet vidobet vidobet giriş piabet giriş vidobet güncel vidobet güncel giriş piabet mobil zirvebet zirvet giriş zirvebet güncel portobet zirvebet güncel giriş portobet giriş portobet mobil anadoluslot anadoluslot giriş anadoluslot güncel anadoluslot güncel giriş milosbet galabet milosbet giriş galabet giriş milosbet güncel galabet mobil milosbet güncel giriş interbahis betasus interbahis giriş betasus giriş betasus güncel interbahis mobil betasus güncel giriş vidobet vidobet giriş vidobet güncel giriş vidobet güncel betebet betebet giriş betebet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal kingroyal giriş kingroyal mobil betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meybet meybet giriş meybet güncel giriş meybet mobil casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş piabet piabet giriş piabet güncel giriş piabet güncel betlike betlike giriş betlike güncel betlike güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal güncel giriş interbahis interbahis giriş interbahis güncel interbahis güncel giriş jojobet jojobet giriş jojobet güncel jojobet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş idata betasus betasus giriş betasus güncel giriş betasus güncel giriş

शुक्रबार , फागुण २२, २०८२

बेलैमा विदेश नभागे भात खान नपाइएला

जनताप्रति यो हदसम्मको छलकपट बारम्बार भइहरन्छ भने युवाले जोखिम मोलेरै यो देशमा बस्नुपर्छ भन्ने बाध्यता के छ ?

image

‘मेरो माया बुझ्ने चाहिँ कहिले हो

कोठा भाडा तिर्दिने मैले हो ।।’

गायक सरोज लामिछानेले गीतमा भनेजस्तै कोठा भाडा तिरिदिने मान्छे भए नेपालमै बस्न ठीक छ । लुगा किनिदिने, मम खुवाइदिने, आइसक्रिम र लालीपप खान दिने, बेलाबेला दारूपानीको व्यवस्था गरिदिने मान्छे छ भने नेपाल रिल्याक्स नै छ । यदि त्यस्तो केही छैन भने दुई मिनेट बसे पनि घातक हुन्छ । जतिसक्दो चाँडो विदेश भाग्दा जत्तिको उत्तम चीज संसारमा अरू केही पनि छैन ।

विदेश जानकै लागि पङ्तिकारले किन न्वारनदेखिको बल  लगाको होला भन्ने प्रश्न तपाईको मनमा उठ्न सक्छ । अहिलेको जमानामा सत्य र सुझाव पच्दैन । मेरो सुझाव धेरैलाई नपच्न सक्छ । खैर, केही छैन । अन्तिमसम्म तिनले कुरा बुझ्छन् र हतारहतार दुई रूपैयाँको पाचक किन्न बजार जाँदैनन् । अब कुरा गरौं नेपाल किन नबस्ने त । आउनुस् एकछिन यता भुलौं ।

मान्छे दिनरात नभनी काम गर्छ । किन ? गाँस, बास र कपासका लागि । अहिले एउटा सहवास थपिएको छ, आधारभूत आवश्यकताको रूपमा । सहवासका लागि विवाह गर्नुपर्छ । समाजले विवाहलाई यति महंगो बनाइसक्यो कि त्यसका लागि पनि १८-२० लाख लाग्ने भइसक्यो । जवान अवस्थामै त्यत्रो पैसा नभएपछि अन्तिममा आउने विदेश नै हो । सहवासलाई यतै छोडौं । पछि कुरा गरौंला । अब महिनाको ३० हजार कमाउनेलाई समेत खानलाउन हम्मेहम्मे छ । कलेज फी भन्यो । उतै कलेजले मुर्गा हान्छ । बाहिर बसेको भए घरबेटीले मुर्गा हान्छ । घरबेटीले त मोटरले पानी तानेको समेत पैसा हसुर्छन् । पानी तानेको, झ्यालको सिसा हालेको पनि पैसा तिर्ने भए किन घरबेटी भन्नु ? बिजुली बाल्दा समेत घरबेटीले कमिशन खाने रहेछन् । कतिसम्म स्याल भनेनी ७ रुपैयाँ ३० पैसा प्रतियूनिट प्राधिकरणलाई तिरेर कोठामा बस्ने गरीबका बच्चा जसले पैसाको रङ चिन्न गाउँमा आमाले दुई पाथी कोदो बेच्नुपर्छ, त्यस्तासँग कम्तीमा प्रतियूनिट १५ रुपैयाँ बजाउँछन् । आधाभन्दा बढी महंगो । यो त सरासर ठगी होइन र भन्या ? संसारमा पाप धर्म भन्ने चीज छ भने यिनले सप्ताह लगाए पनि मुक्ति पाउँदैनन् । यिनीहरू महापापी नै हुन् । तपाईंले त त्यस्तो गर्नुभएको छैन । गर्नुभएकाहरूलाई भनेको हो, रिसाउन नपाई है । यतिसम्मको ठगी बेहोरिरहेको एउटा नेपाली युवा किन बस्न चाहन्छ नेपाल ? उ जरूर विदेश जान्छ । कहिल्यै नफर्किने गरी ।

एक बोरा चामलको २ हजार । दाल, चिनी, बेसार, तरकारीको भाउ भान्सामा आइपुग्दा धुरूधुरू रुनु परेको छ । प्याज काट्दा आँसु आयो भन्छन् मान्छे । त्यो होइन, भान्सा महंगो भयो, जहान केटाकेटी पाल्न नसक्ने भइयो भनेर आँसु बगाएका हुन् । प्याज त दु:ख लुकाइदिने साधन मात्र हो । अब भान्साबाट बाहिर गयो, उस्तै सास्ती ।

एउटा जिन्सको पाइन्टलाई २ हजार, जाँगेलाई १ हजार, साधारण कुर्थालाई २-३ हजार रूपैयाँ पर्न थालेपछि उ कसरी टिक्छ यहाँ ? के ले शरीर ढाक्छ । नेताले देश नङ्ग्याए भन्दैमा बिना कपडा उ कसरी जिउँछ यो बाँधिएको भूगोलमा ? दिनभरी कमाएको पैसाले एउटा बीयर खान पनि पुग्दैन भने उ किन नेपालमा हड्डी घोट्छ । बरू युरोप जान्छ- काम गर्छ, हाफ पाइन्टमा एउटा हातले बीयर पिउँदै घर फर्कन्छ । चील हुन्छ । बहुत मजा लिन्छ ।

सामुदायिक विद्यालय हेर्‍यो- शिक्षकको राजनीतिले पढाई छ्वाम, अफिसमै मासुभात ग्वाम् ग्वाम् । विद्यार्थीको पढाई खाएर, नपुगेर मासुभात शुरू गर्‍यौ ?  विरलै सामुदायिक विद्यालयमा बाहेक अधिकांशमा यो लागू हुन्छ ।

निजी विद्यालयको झन् कुरा गरिसाध्यै छैन । बच्चालाई स्कूल पठायो । मिसहरू पढाउनभन्दा टिकटकमा बढी ध्यान दिने । उस्तै परे तिनै भुराभुरीसँग टिकटककै लागि नाचिदिने, पढाई त खैजडी । निजी विद्यालयमा उल्कै महंगो । बाउले महिनाभर कमाएको पैसा एउटालाई फी तिर्न समेत नपुग्ने भएपछि युवा किन बस्छ नेपाल ? भात खान समेत पैसा नभएपछि उ मरिगए नि बस्दैन नेपाल । जरूर भाग्छ ।

साग काट्दा झुक्किएर हात काट्यो भने खुट्टामा मलमपट्टि लगाएर १५ हजारको बिल तिर्न लगाउने समेत पछि नपर्ने अस्पताल भएको देशमा बस्नुभन्दा प्रभावकारी स्वास्थ्य बीमाका साथै अत्याधुनिक प्रविधिबाट उपचार हुन्छ भने यो देशमा किन बस्ने ? यदि जिन्दगीलाई हरितन्नम र खैजँडी नै बनाउने हो भने पासपोर्ट नबनाए हुन्छ । नत्र भविष्य नै हरियाली देख्ने हो भने हरियो पासपोर्ट बनाउन जिल्ला प्रशासन कुदिहाल्नुको विकल्प छैन । मौकाको फाइदा उठाइहालौं ।

अब यो देश बस्न लायक रहेन । लायक बनाउलान् भन्या पारा उही । १२ कक्षा पास गरेपछि युवा अहिले जापान, कोरिया, अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपको तयारीमा छन् । सीम्याट र एमबीबीएसको तयारीमा लाग्ने त औंलामा गन्न मिल्ने भएका छन् । विश्वविद्यालयमा भरिभराउन हुने कोटा खाली भएका छन् । केही कोर्ष त विद्यार्थी नभएर बन्द भइसकेका छन् । यो अवस्था बनाएकोमा सबभन्दा बढी जिम्मेवार राजनीतिक दलका नेता त्यसपछि तिनका काइते कामका लागि कमिसनको लोभमा बिक्ने कर्मचारीको एउटा जबरजस्त सर्कल । हो, अब नेपाल बस्ने पनि तिनै कमिसनखोरी कर्मचारी र नेताका भरौटेहरू हुन् ।

आफ्नो पार्टीको नेताले दिशा गर्दा सुनको डल्लै झारेको भन्ने अनि कमिसनको लोभमा हवाई तथा स्थलमार्गबाट अवैध रूपमा ल्याइएका सुनलाई चाहिँ रातारात तामा भन्नेहरू नै बस्छन् नेपाल । यस्ता तोरीलाहुरेहरू विदेश चाहिँ नजाउन् । यिनले नेपालको संस्कार, सुशासन र वित्तीय क्षेत्र त बिगारे, बिगारे- विदेशमा त्यो नसिकाउन् ।

अलिकति पनि झुट नबोली भन्ने हो भने एमाले, काँग्रेस, माओवादीका नेता र देशलाई भड्खालोमा हाल्नेलाई युवाले मुखै छाडेका छन् । कतिपयले सुनेका पनि होलान् । अधिकांशले मनमनै यिनीहरूलाई हदैसम्मको अश्लील गाली दिएका छन् । उक्त गाली तिनीहरूले डिजर्भ पनि गर्छन् । जसले जे डिजर्भ गर्छ, उसलाई त्यो दिनी हो ।

वास्तविक किसानले मल नपाउने अनि झोलामा कृषि फर्म बोक्ने, फिल्डमा नहुनेलाई सेटिङको भरमा लाखौं अनुदान दिने ? यतिसम्मको चुतिया काम भइरहेको छ नेपालमा । तपाईलाई पत्यार लाग्दैन भने तपाईंको पालिकामा क-कसले अनुदान लिए र तिनीहरूको वास्तविक संरचना कहाँ छ भनेर बुझ्नु तपाईं रिसले चुर हुनुहुन्छ । त्यसका लागि सजिलो छ । सुचनाको हक प्रयोग गर्नुस्, थाहा लागिहाल्छ । तपाईंले तिरेको करको पैसा कुनै पार्टीको भरौटेले खाइरहेको थाहा पाउँदा के गर्नुहुन्छ ? साबेलले हान्नुहुन्छ कि कोदालोले ? जे ले हानेर घाइते बनाए नि उपचार त तपाईंले गरिदिने हो । बरू यस्तो गल्ती नगर्नुस् । विदेश भाग्नुस् बेलैमा । किनकी यी घटिया चीजहरूको विकासक्रम त हेर्न पर्दैन । यस्ता कुराको विरोध गर्ने हो । लड्ने हो । परिवर्तन गर्नुपर्छ नभन्नुहोला । लड्दा लड्दा वैंश सकिन्छ । अनि त्यो लडेको समयको क्षतिपूर्ति कसको बाउले दिन्छ ?  राष्ट्रियता खै पनि भन्नुहोला । राष्ट्रियता भन्ने चिज गोजीमा बोकेर विदेश जाने हो । मनमा बोक्न लायक त कहिल्यै बनाएनन् । बनाउने पनि भएनन् ।  बरू विदेश पलायन भयो । कुरै सकियो । यी भ्रष्ट झोलेहरूलाई हेर्न नपरेपछि अनुहार त यसै रसिलो हुन्छ ।

विकास निर्माणको काममा नेता र ठेकेदारको सेटिङ र तिनको काम राम्रोसँग नियाल्नुभयो भने तपाईं एक पल पनि नेपाल बस्न चाहनुहुन्न । अधिकांश ठेकेदारले यतिसम्मको काइते र झुर काम गर्छन् कि जुन सुन्दा पनि रिसको पारो उकालो लाग्छ । अर्बको बजेट फिल्डमा आउँदा काम जम्माजम्मी २० करोडको हुन्छ । मकै छोडाएजस्तो हातले फुतुफुतु उप्किने कालोपत्रे गर्छन् ठेकेदारले । मिल्ने भए यी ठेकेदारले सडकमा कालो टेप टाँसेर यही हो कालोपत्रे भनेर भुक्तानी लिन्थे । यति चाहिँ अहिलेसम्म गर्न सकेका छैनन् । यो हदसम्म नआउलान् भन्न सकिन्न ।

जनताप्रति यो हदसम्मको छलकपट बारम्बार भइहरन्छ भने युवाले जोखिम मोलेरै यो देशमा बस्नुपर्छ भन्ने बाध्यता के छ ? भाँडै हाने पनि, क्लिनिङ गरेपनि, काम जे सुकै गरेपनि गाँस, बास र कपास सहज हुन्छ भने यो देशमा बस्ने ठेक्का कसैले लिएका छैनन् । ठेक्का तिनैले लिएका छन् जसले भ्रष्टको नेताको आडमा मासुभात खान पाएका छन्, कमिसन र घुसखोरको दलदलमा फसेका छन् । उनीहरूले बिगारेर सखाप पारेको देशमा भविष्य बिगार्न रहर कसैलाई हुँदैन । त्यसैले बुद्धि भन्या बेलैमा लगाउनुपर्छ । एउटा नेपाली उखान छ- हगेपछि दैलो देख्ने । यसो भयो भने तपाईले सुख पाउनुहुन्न नै भावीपुस्तालाई पनि दु:खको भुमरीमा हुल्दिनुहुन्छ । जुन कदापि राम्रो हुने छैन ।

नेता, कर्मचारी र नेपाली जनताको आचरण यही हिसाबले चलिरहने हो भने अबको दश वर्षमा नेपाल युवाविहीन हुन्छ । यहाँ बस्ने भनेको नेताका हनुमान र वृद्दवृद्दा मात्रै हुनेछन् । सक्रिय जनशक्तिको ५ प्रतिशत बाहेक यहाँ बस्न कोही पनि चाहँदैन । यदि विकसित देशले सहजै भिजा दिने हो भने विदेश जानेको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नौबिसेसम्म पुग्नेछ । र, त्यही लाइनमा हुनेछन्- राष्ट्रवादको चर्को नारा लगाएर कुर्लनेदेखि नेपाललाई हेर्न लायकको विकास गर्छु भन्ने नेतासम्म ।

अहिले मलाई जुनियरहरूले दाई अब के पढ्ने के गर्दा राम्रो हुन्छ भनेर सोध्दा मैले सिधै भन्ने गरेको छु- भाई विदेश जा । यहाँ पढेर केही हुँदैन । पढाई अनुसारको काम पाउन तँसँग ज्ञान होइन, शक्तिको आड र पैसा चाहिन्छ ।

त्यसैले नेपाल अब खाली हुँदैछ, युवाविहीन हुँदैछ ।

विदेश जाऔं,  ज्यान बनाऔं ।

जय विदेश !!!

सम्बन्धित समाचार