काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाको मतगणना पनि सुरु भइसकेको छ । जसको प्रमुख पदमा नेपाली काँग्रेस शीर्ष स्थानमा रहेको छ भने एमाले दोस्रो स्थानमा रहेका छन् ।
अहिलेसम्म प्राप्त मत परिणाम अनुसार काँग्रेसका हेमकर्ण पौडेलले ५७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार यामकुमार सुब्बाले ४७ मत प्राप्त गरेका छन् ।