जनकपुरधाम उपमहानगरपालिकामा नेपाली काँग्रेसका बागी उम्मेदवार मनोज साह अगाडी रहेका छन् ।
काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली काँग्रेसका बागी उम्मेदवार मनोज साह अगाडी रहेका छन् । अहिलेसम्मको मत परिणाम अनुसार मनोज १३७० मत सहित अग्र स्थानमा रहेका छन् ।
एमालेका शिवशङ्कर साह हिरा ६४४ मत सहित उनलाई पछ्याईरहेका छन् । स्वतन्त्र उम्मेदवार बलराम महतोले ४१४, लोसाका मनोज चौधरीले २१५, सत्ता गठबन्धनका उम्मेदवार लालकिशोर साहले १९५ र स्वतन्त्र उम्मेदवार जानकीराम साहले १५३ मत प्राप्त गरेका छन् ।