शनिबार , जेठ ३०, २०८३

रासायनिक मल खरिदका लागि सरकारले छुट्यायो १५ अर्ब

image

काठमाडौंं । सरकारले रासायनिक मल खरिदका लागि १५ अर्व रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै किसानलाई मलको अभाव हुन नदिन उक्त रकम छुट्याइएको बताए ।

साथै रासायनिक मल कारखाना खोल्ने पनि अर्थमन्त्री शर्माले बताए ।

त्यसैगरी सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।

साथै उनले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि जानकारी दिए।

सम्बन्धित समाचार