सोमबार , भाद्र ८, २०८३

नवरात्रको तेस्रो दिन अर्थात् कौमारी देवीको सृष्टि हुने दिन

माता कौमारीलाई नेपाल भाषामा "पसि अजिमा" भनिन्छ । यसै भवानी सृष्टि भएको भनी नवरातको तेस्रो दिन भक्तपुरमा अवस्थित कौमारी मन्दिरमा दर्शन गर्न जाने गर्दछ ।

image

  • जिआर रञ्‍जित

नवरातको तेस्रो दिनलाई भवानी कौमारी सृष्टि हुने दिनको रूपमा लिइन्छ ।

राजा आनन्द देवले भक्तपुर नगरको दक्षिण कोणमा भवानी कौमारी देवी स्थापना गरेका थिए । कौमारी देवीलाई सर्वसाधारणहरूले ‘कुमारी देवी’ भन्ने गर्दछन् । कौमारी देवी दुर्गाका अष्टमातृका मध्य एक हुन भने कुमारी भनेको तलेजु भवानीको अर्को रूपलाई बुझाउँदछ ।

हिन्दू धर्ममा कौमारीलाई ब्रह्माण्डको रक्षाकर्ता भगवान् कुमार (कार्तिकेय) को शक्तिको रूपमा मानिन्छ । उनी आदि शक्तिको एक पक्ष हुन् । त्यसैले उनी कुमार (कार्तिकेय) को शक्तिको स्रोत हो । उनको दोस्रो नाम कार्तिकी हो । यो देवी समुद्रमा विराजमान छिन् । आफ्नो चार हातले परशु, भाला, धनुष रजत मुद्रा ग्रहण गरिएको हुन्छ ।

आदिशक्ति भगवान् कार्तिकेयको हृदयमा कन्याको रूपमा वास गर्छिन् । भगवान् कार्तिकेयले आफ्नो प्रेरणाले दुष्ट शक्तिहरूसँग लडाई गरि ब्रह्माण्डको रक्षा गर्नु भएको थियो ।

माता कौमारीलाई नेपाल भाषामा “पसि अजिमा” भनिन्छ । यसै भवानी सृष्टि भएको भनी नवरातको तेस्रो दिन भक्तपुरमा अवस्थित कौमारी मन्दिरमा दर्शन गर्न जाने गर्दछ ।

Tags:

सम्बन्धित समाचार