बुधबार , भाद्र ३१, २०८३

काठमाडौं–चितवन द्रुतमार्ग निर्माण गर्ने सरकारको घोषणा

image

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट काठमाडौँ–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

‘काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवनु द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड नेपालमार्फत प्रक्रिया अघि बढाइने छ,’ मन्त्री शर्माले भने ।

यसबाट काठमाडौँदेखि बुटबल र काठमाडौंदेखि पोखरासम्मको यात्रा उल्लेख्य रुपमा छोटिने उनले जनाए छ।

Tags:

सम्बन्धित समाचार