मंगलबार , भाद्र ३०, २०८३

‘प्रचण्ड’को निर्वाचन क्षेत्र माडीमा एमाले शीर्ष स्थानमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्वाचन क्षेत्र माडी नगरपालिकामा नेकपा एमाले शीर्ष स्थानमा रहेको छ ।

image

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र माडी नगरपालिकामा नेकपा एमाले शीर्ष स्थानमा रहेको छ । हाल चलिरहेको मत गणना अनुसार माडी नगरपालिकामा एमालेकी उम्मेदवार ताराकुमारी ताजी महतोले ३३५९ मत ल्याएकी छिन् ।

त्यसैगरि माओवादीका उम्मेदवार ऋषिराम काफ्लेले २४३३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा काँग्रेसका उम्मेदवार खेमप्रसाद महतोले २०५१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद पौडेल १५५८ मत सहित उनलाई पछ्याइरहेका  छन् । राप्रपाका मदन प्रसाद पौडेलले भने १४३९ मत प्राप्त गरेका छन् ।

Tags:

सम्बन्धित समाचार