जनकपुरधाम । मिथिलालञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा सोमबार जनकपुरधाम फर्केको छ ।
फागुने औशीको दिन धनुषाको मिथिला नगरपालिका ८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम आइपुगेपछि अन्यमठ मन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा विधिवत सुरुवात हुने गर्दछ ।
१४ औं पडावस्थलको परिक्रमा गर्दै फागु पूर्णिमाको दिन पुनः जनकपुरधाम फर्केर भोलिपल्ट अन्तगरगृह परिक्रमागरेपछि यो यात्रा समापन हुने प्रचलन छ ।