बुधबार , भाद्र ३१, २०८३

पूर्व वडा प्रतिनिधिहरूबाट दिव्यश्वरी युवा रेडक्रस सर्कललाई सहयोग

युवा सर्कलले मध्यपुर थिमी नगरपालिकाको विभिन्न वडामा समाजलाई हित हुने किसिमका धेरै क्रियाकलाप गरेको छ

image

भक्तपुर । ‘दिव्यश्वरी युवा रेडक्रस सर्कल’ नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा अन्तर्गत रहेको दिव्यश्वरी उपशाखा अन्तर्गत रहेको युवा सर्कल हो । जसले मध्यपुर थिमी नगरपालिकाको विभिन्न वडामा समाजलाई हित हुने किसिमका धेरै क्रियाकलाप गरेको छ/गर्दैछ ।

सर्कलले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित रक्तदान कार्यक्रम, कनट्याक्ट ट्रेसिङ, भ्याक्सिन क्याम्पेनमा स्वयंसेवक बन्ने लगायतका कामहरू गर्दै आइरहेको छ ।

कोरोना महामारीले संसारलाई त्रसित बनाइरहेको बेला निरन्तर वडावासीको सेवामा तत्पर पूर्व मध्यपुर थिमी नगरपालिका वडा नम्बर ३का वडाध्यक्ष प्रेम कुटुबाट सर्कलले सहयोग पाउने गरेको छ ।  हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पूर्व वडाध्यक्ष कुटुले सर्कललाई पानी सहयोग गरेर मतदान गर्न आएका सर्वसाधारणलाई पानी वितरण गरेका थिए । पूर्व वडाध्यक्ष कुटुले विगतका दिनमा पनि वडावासी र सर्कललाई सहयोग गर्ने गरेको सर्कलका अध्यक्ष सुशान्त थापाले बताए । उनले भने ” प्रेम कुटुज्यु हाम्रो लागि हाम्रो सर्कलको मेरुदण्ड नै रहनुभएको छ ।” अध्यक्ष सुशान्त थापाले पूर्व प्रतिनिधिहरू कृष्णहरि आचार्य (सदस्य), बिनु के.सी (सदस्य), राजभक्त श्रेष्ठ (सदस्य), निर्मला परियार (सदस्य)बाट पनि धेरै सहयोग पाउने गरेको बताए ।

अब आउँदा दिनमा पूर्व वडाध्यक्षबाट वडावासी र सर्कलले निरन्तर सहयोग पाउने विश्वास सर्कलका अध्यक्ष सुशान्त थापा राख्छन् ।

सम्बन्धित समाचार