मेयर शाह आफैं फिल्डमा खटिएर अवैध संरचना भत्काउन निर्देशन दिइरहेका छन् ।
काठमाडौं । हिजो बिहीबार महानगरले नयाँ बानेश्वरमा रहेको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर लगाए सँगै आज काठमाडाैं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ क्षेत्र खाली गराउने भएको छ ।
३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको हो । विभागको बेसमेन्ट पार्किङ खाली गराउन महानगर प्रमुख बालेन शाहको टोली त्यहाँ पुगेको छ । मेयर शाह आफैं फिल्डमा खटिएर अवैध संरचना भत्काउन निर्देशन दिइरहेका छन् ।