मंगलबार , भाद्र ३०, २०८३

महोत्तरीको सोनामा गाउँपालिकाको मतगणना स्थलमा झडप

महोत्तरीको सोनामा गाउँपालिकाको मतगणना स्थलमा झडप भएको छ

image

काठमाडौं । महोत्तरीको सोनामा गाउँपालिकाको मतगणना स्थलमा झडप भएको छ । जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रतिनिधिबिच मतगणनाको विषयमा झडप भएको बताइएको छ ।

मतपत्रको कोठामा मसी लागेको मतपत्रलाई सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद भएपछि झडप भएको बताइएको छ । हाल गणना रोकिएको छ । सर्वदलीय बैठक बसेपछि गणना पुनः सुरु गरिने जनाइएको छ । सो स्थानमा हालसम्म ६ मत मात्रै गणना भएको छ ।

Tags:

सम्बन्धित समाचार