सिरहाको मिर्चैया नगरपालिका-१ मा माओवादी केन्द्रका रुपेशकुमार महतो वडाध्यक्षमा निर्वाचित
काठमाडौं । हाल स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ र परिणाम बाहिरिने क्रम जारी रहेको छ । प्राप्त परिणाम अनुसार सिरहाको मिर्चैया नगरपालिका-१ मा माओवादी केन्द्रका रुपेशकुमार महतो वडाध्यक्षमा निर्वाचित भएका छन् ।
उनले एमालेका राम भरोस महतोलाई १ सय २१ मतान्तरले पछाडि पारेका हुन् । रुपेशले ६ सय ६७ मत प्राप्त गरेका छन् भने भरोसले ५ सय ४६ मत ल्याएका छन् ।