नेपालगञ्ज उपमहानगरपालिकामा नगर प्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार प्रशान्त विष्ट शीर्ष स्थानमा रहेका छन्
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकामा नगर प्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार प्रशान्त विष्ट शीर्ष स्थानमा रहेका छन् । अहिले भइरहेको मत गणना अनुसार विष्टले ५३२६ मत प्राप्त गरेका छन् । अहिलेसम्म वडा नम्बर १, २, ३, २० , २१, २२ र २३ को मतगणना सकिएको छ ।
नेकपा एमालेका पशुपति दयाल मिश्र २१८१ मत सहित उनलाई पछ्याइरहेका छन् । त्यसैगरि राप्रपाका नन्दलाल वैश्यले २०४२ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा जसपाका कमरुद्दिन राई ४०२० मत सहित अगाडी छन् भने राप्रपाकी विन्दु घर्ती मगर २५४२ सहित उनलाई पछ्याइरहेकी छिन् । त्यसैगरि एमालेकी शान्तिदेवी ढकालको १९६१ मत ल्याएकी छिन् ।
हाल वडा नम्बर ४ र १९ को मतगणना भइरहेको छ । एमालेका प्रमोद रिजाल नेपालगञ्जको वडा नम्बर १ मा, राप्रपाका मनोज श्रेष्ठ २ मा , माओवादी केन्द्रका मो.अयुव सिद्दिकी ३ मा , जसपाका कौशल कुमार धोबी २० मा , राजकुमार साहु २१ मा, जसपाका अब्दुल गफ्फार हलवाई २२ मा र नेपाली काँग्रेसका जब्बर अली बेहना २३ मा निर्वाचित भएका छन् ।