नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुई उम्मेदवार निर्वाचित भएका छन्
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुई उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा काँग्रेसका प्रशान्त विष्ट विजयी भएका हुन् भने उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राई विजयी भएका हुन् ।
नगर प्रमुख विष्ट २३४६० मत ल्याएर विजयी भएका हुन् । एमालेका पशुपतिदयाल मिश्रले ११६७५ मत तथा राप्रपाका नन्दलाल वैश्यले ७५९८ मत ल्याएका छन् ।
उपप्रमुखमा कमरुद्दिन राईले १७९५० मत ल्याएर विजयी भएका हुन् । एमालेकी शान्ति ढकाले १०९१५ मत ल्याएकी छिन् भने राप्रपाकी विन्दु चर्तीमगरले १०१३५ मत ल्याएको बताइएको छ ।
८१७९४ मतदाता रहेको नेपालगञ्ज उपमहानगरपालिकामा ६१२०५ मत खसेको थियो ।