शुक्रबार , जेठ ८, २०८३

ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को ४४ औं वार्षिकोत्सब सम्पन्न

image

Photo by: TAAN

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपालको  ट्रेकिङ एजेन्सीहरूको छाता संगठन हो। यो सन् १९७९ मा केही मुट्ठीभर ट्रेकिङ एजेन्सी सञ्चालकहरूद्वारा स्थापित भएको थियो ।  यसले स्थापनकाल देखी नै हरेक वर्ष फड्को मार्दै , बढ्दै,  ट्रेकिङ क्षेत्रलाई व्यवस्थित गर्ने र व्यापारिक सिद्धान्तहरू निर्माण गर्ने समय अनुकुल हुदै काम गर्दै आएको छ ।  नेपाली पर्यटन उद्योगको प्रवद्र्धन गर्न र पर्यटनलाई आम्दानी गर्ने उद्योगका रूपमा विकास गर्न विभिन्न विषयमा सरकारलाई सुझाव दिन सक्ने बलियो लबी समूहको आवश्यकता पनि परिपुर्ति गर्ने काम पनि टान ले गर्ने गरेको छ ।

ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले ४४ औं वार्षिकोत्सब नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बिभागका महानिर्देशक श्री तारानाथ अधिकारीको प्रमुख आतिथ्यतामा टानकै सचिवालयमा कार्यक्रम भब्यता को साथ सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा कोरोनाको चरम अवस्थामा टानले सन्चालन गरेको फुड बैंक कार्यक्रममा सहयोग गर्ने महानुभावलाइ प्रसंशापत्र द्वारा सम्मान गरिएको थियो। टानका अध्यक्ष श्री खुम बहादुर सुबेदिले महानिर्देशकज्युलाई टानको समस्याबारे अवगत गराउदै सहयोगी भुमिका खेल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा टानका नि बर्तमान अध्यक्ष श्री नवराज दाहाल, पुर्व अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष श्री चन्द्र रिजाल, नारा, तथा एन्टिभिएका अध्यक्षज्युहरु, महासचिव ज्युहरु, टानका पदाधिकारीज्युहरु, कार्यसमिति सदस्यज्युहरु र साधारण सदस्यज्युहरु, पत्रकार लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो । महासचिव श्री सरिता लामाले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

Tags:

सम्बन्धित समाचार