शुक्रबार , मंग्सिर २३, २०७९

किताब जात्रामा पियुष मिश्राको ‘आरम्भ हे प्रचण्ड’

image

काठमाडौँ । किताब यात्रा फाउन्डेसनले आयोजना  गरेको ‘किताब जात्रा’को पाचौं संस्करण अन्तर्गत आज पहिलो दिन भव्यताका साथ् सम्पन्न भएको छ । भारतका ख्यातिप्राप्त चलचित्र एवं रङ्गमञ्चका अभिनेता, संगीत निर्देशक, गीतकार, गायक तथा पटकथा लेखक पियुष मिश्राको विशेष प्रस्तुति सहित जात्राको पहिलो दिन समापान भएको छ ।

यस सेसनको संयोजन कवि एवं कार्यक्रम प्रस्तोता रुपेश श्रेष्ठले गरेका थिए । मिश्राले ‘ए हुसना, एक बगल, आरम्भ हे प्रचण्ड’ लगायतका गीतहरू प्रस्तुत गरेका थिए ।

जात्राको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् । राष्ट्रपति भण्डारीले अनेकन भाषा र वाङ्मय भएको हाम्रो देशको कला साहित्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन जात्राले निकै महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

राष्ट्रपति भण्डारीले ‘प्रेम साहित्य सम्मान’ बाट वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौतमलाई सम्मान गरेकी थिइन् भने ‘किताब जात्रा बेस्ट सेलर अवार्ड २०७९’ बाट सत्यमोहन पुस्तकका लेखक गिरिश गिरि सम्मानित भएका थिए ।

१ लाख ११ हजार १११ रुपैयाँ राशि रहेको ‘प्रेम साहित्य सम्मान’ नेपाली वाङ्मयमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई हरेक वर्ष प्रदान गरिने जात्राका निर्देशक ऋषिराम अधिकारीले बताए । गत वर्ष शताब्दी पुरुष सत्यमोहन जोशीलाई उक्त सम्मान प्रदान गरिएको थियो । सम्मानबाट साहित्यकार सरुभक्त र जसराज किराँती सम्मानित भइसकेका छन् । सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ ।

अधिकारीका अनुसार अनलाइन बुक स्टोर किताब यात्रा डटकमबाट वर्षभरिमा सबैभन्दा बिक्री हुने किताबलाई ‘बेस्ट सेलर अवार्ड’ प्रदान गरिन्छ । गत वर्ष जीवा लामिछानेलिखित ‘देशदेशावर’ले अवार्ड प्राप्त गरेको थियो । त्यसअघिका वर्षमा अमर न्यौपानेलिखित उपन्यास ‘गुलाबी उमेर’ र विजयकुमार लिखित ‘सम्बन्धहरू’ले अवार्ड प्राप्त गरेका थिए ।

लेखक र पाठकबीच अन्तरङ्ग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिंगलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश हुने १४ वटा सेसनमध्ये 5 वटा सेसनहरू आज सम्पन्न भएका हुन्  रहेका छन् ।  यस संस्करणमा विविध क्षेत्रका पुस्तकहरूको विशेष प्रदर्शनी समेत एवं विमोचन समेत गरिएको थियो, जसअन्तर्गत आज इजोरिया र भ्याट, कस्टम्स एण्ड एक्सरसाइज नामाक किताबहरू विमोचन भएका हुन् ।

कोरोना कहरका कारण यसअघिका दुई संस्करण टेलिभिजनमार्फत भएको थियो ।

भोलि बिहान ११ बजे दोस्रो दिनको कार्यक्रम सुरु हुनेछ । हेर्नुहोस्, कार्यतालिका:

सम्बन्धित समाचार