बुधबार , भाद्र ३१, २०८३

यी हुन् उच्च नाफा कमाउने पाँच सार्वजनिक संस्थानहरू

image

काठमाडौं । सार्वजनिक संस्थानहरूमध्ये आर्थिक वर्ष २०७७र७८ मा सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल टेलिकम रहेको छ । आर्थिक सर्वेक्षणले टेलिकमले सात अर्ब १२ करोड ९४ लाख नाफा आर्जन गरेको देखाएको छ ।

उच्च नाफा आर्जन गर्ने पाँच संस्थानहरूः

१ नेपाल टेलिकमः सात अर्ब १२ करोड ९४ लाख

२ नेपाल विद्युत प्राधिकरणः छ अर्ब ९ करोड ९४ लाख

३ कृषि विकास बैंकः तीन अर्ब ५२ करोड ७५ लाख

४ राष्ट्रिय वाणिज्य बैंकः तीन अर्ब ४२ करोड ३६ लाख

५ नेपाल बैंकः दुई अर्ब ९६ करोड १२ लाख

त्यस्तै, नेपाल वायु सेवा निगम, आयल निमग, नेपाल टेलिभिजन, गोरखा पत्र संस्थान तथा जनक शिक्षा सामग्री केन्द्र लगायत संस्था घाटामा रहेको देखाएको छ  ।

सबैभन्दा बढी घाटामा रहेका पाँच संस्थानहरूः

१ नेपाल वायुसेवा निगमः तीन अर्ब ६६ करोड ३० लाख

२ नेपाल आयल निगमः ४३ करोड दुई लाख

३ नेपाल टेलिभिजनः १९ करोड ९ लाख

४ गोरखापत्र संस्थानः आठ करोड छ लाख

५ जनक शिक्षा सामग्री केन्द्रः सात करोड २२ लाख

सार्वजनिक संस्थानमा सरकारको लगानी भने बढेको छ । सरकारको लगानी पाँच खर्ब १९ अर्बबाट बढेर पाँच खर्ब ६७ अर्ब पुगेको हो ।

सरकारले संस्थानहरूबाट पाएको लाभांश भने यो वर्ष ५२ प्रतिशत घटेको छ । नाफामा रहेका संस्थानहरूबाट सरकारले आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब ७२ करोड रूपैयाँ लाभांश पाएको छ ।

यसअघि १४ अर्ब ९ करोड लाभांश पाएको थियो । हाल सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमा २२ वटा नाफामा र १९ वटा घाटामा छ । सार्वजनिक संस्थानहरूको खुद नाफा पनि यो वर्ष घटेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा सार्वजनिक संस्थानहरूको खुद नाफा ४५.४२ प्रतिशत घटेर २६ अर्ब ३५ करोड रूपैयाँ पुगेको छ ।

आव २०७७/७८ मा सञ्चालनमा रहेका संस्थानमध्ये नाफामा रहेकाको कुल नाफा ३२ अर्ब १९ करोड र घाटामा रहेका संस्थानको नोक्सान ५ अर्ब ८३ करोड रूपैयाँ छ । यस आधारमा संस्थानहरूको एकीकृत नाफा २६ अर्ब ३५ करोड रूपैयाँ छ ।

Tags:

सम्बन्धित समाचार