सार्वजनिक मत परिणाम अनुसार नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ
काठमाडौं । अहिले सप्तरीको राजविराज नगरपालिकाको मत गणना सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।
मेयरमा जसपाका भिमराज यादव ९६२४ मत सहित विजयी भएका हुन् भने नेकपा माओवादी केन्द्रका शम्भु यादवले ४८०७ मत प्राप्त गरेका छन् । उपमेयरमा जसपाकै इसरत प्रवीण विजयी भएकी छन् । उनले ७२६४ मत ल्याएकी छिन् भने नेपाली काँग्रेसकी सुशीला यादवले ४४२७ मत ल्याएकी छिन् ।