शुक्रबार , अषोज १४, २०७९

मुक्तिनाथको दर्शन गर्नेहरू रानीपौवा पुग्दैनन् !

मुक्तिनाथ दर्शन गर्न जाने तिर्थयात्रीको लागी बनाइएको यस पौवामा हाल मुक्तिनाथ ईलाका प्रहरी चौकी बस्ने गर्दछ ।

image

मुक्तिनाथको दर्शन गर्न निकै जाने गर्दछन् तर यसको नजिकै रहेको ऐतिहासिक रानीपौवालाई कमैले देख्दछन् ।

ऐतिहासिक रानीपौवा, जो बि.सं. १८६३ मा बनाइएको थियो । मुक्तिनाथ दर्शन गर्न जाने तिर्थयात्रीको लागी बनाइएको यस पौवामा हाल मुक्तिनाथ ईलाका प्रहरी चौकी बस्ने गर्दछ । २०० वर्ष भन्दा पुरानो यस पौवालाई मुक्तिनाथ विकास समितीले संरक्षण गरिरहेको छ ।

राजा रणबहादुर शाहकी रानी सुवर्णप्रभा देवी वि.सं. १८६३ मा थाकखोला तथा मुक्तिनाथ दर्शनको लागी पुगेका थिए । उनले त्यसबेला मन्दिर मर्मत गर्न लगाएका थिए भने नजिकै तिर्थयात्रीको लागी पौवा पनि बनाउन लगाएका थिए । बागलुङदेखि काठ बोकेर भव्य धर्मशाला निर्माण गरिएको अभिलेख छ ।

रानीले बनाइदिएको धर्मशालालाई रानीपौवा भनियो । पछि धर्मशाला रहेको ठाउँ नै रानीपौवामा बदलियो ।

सन्दर्भ-स्रोत : सुनिल उलक

Tags:

सम्बन्धित समाचार