अहिले स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ
काठमाडौं । अहिले स्थानीय तह निर्वाचन अनतर्गत कतिपय ठाउँको मतगणना भइरहेको छ भने केहि ठाउँको नतिजा सार्वजनिक भइसकेको छ । यो वर्षको निर्वाचनमा राप्रपाले राम्रो नतिजा ल्याइरहेको छ । हालसम्म राप्रपा ४ पालिकासहित ६४ वडामा निर्वाचित भइसकेको छ ।
निर्वाचन आयोगका अनुसार राप्रपा अहिलेसम्म ४ पालिका प्रमुख, ४ उपप्रमुख, ६४ वडा अध्यक्ष र ३६७ जना वडा सदस्यमा निर्वाचित भएको छ । दमकको मेयरमा राम थापा, शंखरापुरको मेयरमा रमेश नापित, कपिलवस्तुको मेयरमा अजय थापा र हल्दिबारी गाउँपालिका प्रमुखमा रवीन्द्र लिङ्देन निर्वाचित भएका हुन् ।
त्यसैगरि लक्ष्मी मैनाली, राधा कार्की, सम्झना चौधरी र शिवकान्ती हरिजन उपप्रमुख–उपाध्यक्षमा विजयी भएका छन् ।