काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आज बुधबारबाट सुरु भएको छ ।
मच्छिन्द्रनाथको रथयात्रा पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ ।
मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सरु भएर आषाढ शुक्ल चतुर्थीमा अन्त्य हुन्छ । ललितपुरको पुल्चोकमा रहेको रथलाई आज तानेर यात्रा प्रारम्भ गरिएको हो ।
पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ । योसँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।
लगातार दुई वर्ष कोरोना महामारीका कारण औपचारिकतामा सीमित बनेको जात्रा यसपटक पूर्ण विधिकासाथ मनाइन लागेको हो ।