बुधबार , भाद्र ३१, २०८३

रेनु दाहाल १९०६ मतान्तर सहित शीर्ष स्थानमा

भरतपुर महानगरपालिकाको मेयर पदका लागि नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल १९०६ मतान्तर सहित शीर्ष स्थानमा छिन्

image

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदका लागि नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल १९०६ मतान्तर सहित शीर्ष स्थानमा छिन् । अहिलेसम्म २९४४६ मत गणना हुँदा दाहालले १०७४८ मत प्राप्त गरेकी छिन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ८८४२ मत ल्याएका छन् । त्यसैगरि स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४८८३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखतर्फ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १२८५८ मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले भने ७१६६ मत प्राप्त गरेकी छिन् ।

Tags:

सम्बन्धित समाचार