hacklink betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş matadorbet matadorbet giriş matadorbet güncel giriş matadobet güncel vevobahis vevobahis giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş dedebet dedebet giriş dedebet güncel dedebet güncel giriş piabellecasino piabellecasino giriş piabellecasino güncel piabellecasino güncel giriş kingroyal kingroyal giriş kingroyal güncel piabet piabet giriş piabet güncel giriş piabet mobil betlike betlike giriş betlike güncel giriş betlike mobil betticket betticket giriş betticket güncel giriş betticket mobil meritking meritking giriş meritking güncel meritking mobil betebet betebet giriş betebet güncel giriş betbet mobil vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş kingroyal giriş kingroyal kingroyal güncel kingroyal mobil interbahis interbahis giriş interbahis güncel interbahis mobil kingroyal resmi interbahis interbahis giriş interbahis güncel vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş meybet meybet giriş meybet güncel meybet mobil interbahis interbahis giriş interbahis mobil interbahis güncel interbahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal kingroyal giriş kingroyal güncel vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş piabet piabet giriş piabet güncel giriş piabet mobil meybet meybet giriş meybet güncel giriş meybet mobil pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş galabet galabet giriş galabet güncel giriş galabet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil polobet polobet giriş polobet güncel giriş polobet güncel vidobet vidobet giriş vidobet güncel vidoebet güncel giriş vidobet vidobet giriş vidobet güncel vidoebet güncel giriş tlcasino tlcasino giriş tlcasino güncel giriş tlcasino mobil kingbetting kingbetting giriş kingbetting güncel kingbetting güncel giriş meritbet meritbet giriş meritbet güncel meritbet güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal mobil vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meritbet meritbet giriş meritbet güncel meritbet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş polobet polobet giriş polobet güncel polobet güncel giriş tlcasino tlcasino giriş tcasino mobil tlcasino güncel kingroyal kingroyal giriş kingroyal güncel kingroyal mobil meritking meritking giriş meritking güncel giriş meritking mobil pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş betmoney betmoney giriş betmoney güncel betmoney güncel giriş realbahis realbahis giriş realbahis güncel realbahis güncel giriş holiganbet holiganbet giriş holiganbet güncel holiganbet güncel giriş interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil interbahis güncel interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil piabet piabet giriş piabet güncel giriş piabet mobil vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal mobil tlcasino tlcasino giriş tlcasino mobil tlcasino güncel portobet portobet giriş portobet güncel giriş portobet mobil pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş meritking meritking giriş meritking güncel meritking güncel giriş meritking adres galabet galabet giriş galabet güncel giriş galabet güncel galabet mobil

बिहिबार , फागुण २८, २०८२

रूपचन्द्रको ‘थाहा’ आन्दोलन

image

नेपाली समाजले मान्छेलाई चिन्न सकेन, सकिरहेको पनि छैन । भोलिको कुरा आजै गर्ने भविष्यवाणीकर्ताको बिल्ला भिरिएला कि भन्ने त्रासले भोलि नेपाली समाजले के गर्छ त्यो भने आजै भन्नु उचित नहोला । आजको नतिजाले भोलिको संकेत गर्छ । विद्वत्ताको कदर गर्ने दिन नआउन्जेल हामी थाहा नपाइकनै जन्मन्छौं र थाहा नपाइकनै मर्छौं । यस सानो लेखमा ‘थाहा’ आन्दोलनका प्रणेता राजनीतिज्ञ कम र दार्शनिक बढी ठानिएका व्यक्तित्व रूपचन्द्र विष्ट र उनको थाहा आन्दोलनलाई आजको सन्दर्भमा घोटेर केलाउन खोजिएको छ ।

नन्दलाल आचार्य / पञ्चायती शासनकालको अन्धकारमय समयमा शासक मस्ती लुटिरहेका थिए भने जनता अबुझ खसीबोकाझैं डोहोरिइरहन्थे । उनीहरू शासकको स्वार्थको जालमा अल्झिएका थिए । एक हिसाबले नबुझेर जनतालाई त्यही मज्जा लागेको थियो । आफ्नो हैसियत र सामथ्र्यबाट जनता अनविज्ञ थिए । केही जागरुक नेपाली मुक्तिको द्वार खोजिरहन्थे ।

जसरी आफ्नो नाइटोको बिनालाई चिन्न नसकेर र त्यसको वासनामा लोभिएर मृग रनवन डुल्दै बिना खोज्छ, त्यसैगरी, जागरूक नेपाली रनवन डुल्दै थिए । ती अनगिन्ती नेपालीमध्येका रूपचन्द्र विष्ट त्यस्ता नेपाली हुन् जो राजनीति गरेर राजनीतिज्ञ कहलिएनन् । श्रम गरेर पनि श्रमिक भनिएनन्, साहित्य लेखेर साहित्यकारमा दरिएनन् । मौलिक दर्शन स्थापित गरेर पनि दार्शनिक बन्न सकेनन् । मकवानपुर जिल्लामा कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर पनि कृषिक्रान्तिका अभियन्ता मानिएनन् ।

आफ्नै र जनताको जनश्रमदानद्वारा पालुङको जनकल्याण मावि बनाउँदा उनी शिक्षासेवी वा समाजसेवी कहलिएनन् । मात्र हन्डर खाए, राज्यस्तरबाट चोट पाए । बौद्धिक कहलिएका राष्ट्रियज्ञहरूको सोचमा सन्की स्वभाव, तामसी र पागलपनले मात्तिएको व्यक्ति भन्ने दर्जा पाए । उनका हरेक क्रियाकलाप सत्यमा आधारित र जनकल्याणले ओतप्रोत भएका थिए । उनका विचारको हिजो पनि खाँचो थियो, आज पनि छ र भोलि पनि रहिरहनेछ । उनी सदावहार राजनीतिज्ञ, दार्शनिक, कृषि अभियन्ता, समाजसेवी, शिक्षासेवी र जनप्रिय एवं सम्मानीय राजनेता हुन् भन्ने कुरा उनका निम्न क्रियाकलाप र विचारले पुष्टि गर्छ ।

उनको यो कवितांश ०३९ सालको स्थानीय चुनावको पर्चामा लेखिएको थियो । हामी यिनै पंक्तिलाई मूल्यांकन गर्दा पनि उनमा कवित्व भावना प्रशस्त पाउँछौं । वैचारिक विशालता भेट्छौं । सत्यको पक्षमा वकालत गर्ने यस युगका विदुरका रूपमा उनलाई भेट्छौं ।

०३९ सालकै पर्चामा छापिएको यो सदावहार कवितांशबाट समेत उनी सत्य बक्ने, प्रखर दूरदृष्टि भएका विचारक हुन् भन्ने कुरा सिद्ध हुन्छ । उनले पञ्चायती व्यवस्थालाई त्यही वेला चितुवाको संज्ञा दिएका छन् । व्यवस्थाले नै देश र जनतालाई खाएको कहिरन उतारेका छन् । खराव मन भएकाबाट असल काम होला भनी सोच्नु दिवास्वप्ना भएको कुरा उल्लेख गरेका छन् ।

३. पूरापुरी उनले तीन दशक थाहा आन्दोलन चलाए । यस आन्दोलनको मुख्य सार थियो,… निष्पक्ष सक्रियताको अभ्यास । अर्को शब्दमा, चेतनाहीन जनताको चेतनासम्पन्न नागरिकमा रूपान्तरणमार्फत राजनीतिक र सामाजिक जागरण ल्याउनु । पक्ष वा विपक्षमा उभिएर काम गर्न सजिलो हुन्छ तर त्यो निष्पक्ष हुँदैन । कुनै पनि सिद्धान्तको पक्ष वा विपक्षमा उभिएर काम गर्दा त्यसको अघि वा पछि ठूलो भीड एकत्रित हुन्छ ।

त्यसमा आग्रह वा पूर्वाग्रहले ओतप्रोत भई कार्य गर्नै पर्छ । यसो गर्दा आफ्नो विवेक गुमाएर मात्र कार्य सम्पादन गर्न सकिन्छ । यसो गर्दा पाइने प्रतिफलसमेत निष्पक्ष हुँदैन । तसर्थ, हामीले कुनै क्षेत्रमा रहेर कार्य गर्दा निष्पक्ष भएर आफ्नै विवेक र बरबुताले गर्न सक्यौं भने त्यो सर्वस्वीकार्य सावित हुन्छ । सत्यको राजधानीमा देर हुन्छ तर अँधेर हुन्न । सत्य कुरालाई चाँडै पचाउन वा अपनाउन नसकिएला तर कालान्तरमा त्यो सर्वत्र पुजनीय बन्दछ ।

सुकरातहरू, ओशोहरू, चाल्र्स डार्बिनहरू, तुलसीमेहरहरू सुरुमा कसैका आँखामा सत्य थिएनन्, अहिले उनीहरूलाई लोकले श्रद्धा गर्छ । लक्ष्मीप्रसादहरूले दरिद्र र राज्यद्वारा अपहेलित जीवन भोगेर मरे । अहिले उनीहरूकै जगमा उनीहरूकै नाम बेचेर लक्ष्मीपति बनेर राज्यबाट सम्मानित जीवन भोग्नेहरू धेरै छन् । तसर्थ रूपचन्द्र विष्ट दूरद्रष्टा थिए, वीर थिए, सत्य र न्यायका हिमशैल थिए भन्न हिच्किचाउने ठाउँ छँदै छैन् ।

४. रूपचन्द्र विष्टले ०३८ र ०४३ सालमा मकवानपुर जिल्लाबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका थिए । उनी पर्चापम्पेलेटहरूमा तस्बिर हैन विचार लेख्थे । तिनै पर्चाहरू बेचेर चुनाव खर्च जुटाउँथे । उनले कहिल्यै पनि रूपचन्द्र विष्ट हेरेर भोट देऊ भनेनन् । मात्र विचार बाँडे । उनका विचारसँग सहमत हुन सक्नेलाई पनि स्वविवेकले चल्न भन्थे । तर, सबैले सबैका विचार, भावना, सिद्धान्त र क्रियाकलापको साक्षी हुन सक्नुपर्छ भन्ने उनको भनाइ थियो । राष्ट्रिय पञ्चायतको सदस्य भएर पनि पञ्चायतकै विरोधमा विचार व्यक्त गरेर आफ्नो बौद्धिक वर्चस्व राख्न सक्ने महान् योद्धा थिए । उनले पञ्चायत कालमै संविधानसभाको आवश्यकता देखेर जोडदार आवाज उठाएका थिए । उनको आवाजले मूर्तरूप भने उनको निधनपछि मात्र पायो ।

५. श्रमिकको राजनीति पुँजिपतिले गरेर हुँदैन, छाप्राको राजनीति महल (दरबार) ले गरेर हुँदैन, महिलाको राजनीति पुरुषले गरेर हुँदैन, आफ्नो लागि आफैं जागेर अघि बढ्नुपर्छ । वास्तवमा जसलाई जेको खाँचो छ, त्यसलाई पाउन ऊ स्वयं जाग्नुपर्छ । आमूल क्रान्ति ल्याउनुछ भने क्रान्तिकारीले स्वयं अग्रसरता देखाउनुपर्छ । दुःख पाउनेले नै दुःखको रंग चिनेको हुन्छ । श्रम गर्नेले नै श्रमिकको व्यथा जानेको हुन्छ । अतः जसको उत्थान हुनुपर्छ, ऊ स्वयंले अगुवाई गर्नुपर्छ । श्रम गर्नुपर्छ, ठाउँमा पग्लनुपर्छ, ठाउँ–ठाउँमा कठोर बन्नुपर्छ । जानेर बुझेर अघि बढ्ने हिम्मत गर्नुपर्छ । होस सहितको जोसले काम गर्नुपर्छ ।

६. हामी कसैका होइनौं, कोही हाम्रा होइनन् । मात्र हामी सत्य र न्यायका र सत्य र न्याय हाम्रा लागि हुन् । उनको यस कथनले मानव जीवनको कटुसत्यलाई ओकलेको छ । प्रकृतिमा हामी एक्लै आयौं तर समूहमा बाँच्छौं र धर्तीबाट बिदाचाहिँ एक्लै हुन्छौं । जो न्याय र सत्यमा अडिग भएर बाँच्यो उसको जीवन सार्थक हुन्छ । रूपचन्द्रको कथनी र करणीमा सामञ्जस्य गर्दै न्याय र सत्यको जगमा उभिन गरेको आह्वान् स्तुत्य छ ।

७. सामान्यरूपले हेर्दा रूपचन्द्रका केही क्रियाकलाप अराजकजस्ता लाग्छन् । यसका केही नमुना हेरौं…उनी पञ्चायती व्यवस्थाविरोधी एजेन्डा बोकेर चुनाव जित्थे । चुनावी पर्चा सित्तैमा नदिएर बिक्री गर्थे । जनतालाई तिमीहरू भाते कुकुर हौ भनेर भोट माग्थे । ‘भाते कुकुर’ शब्द सम्माननीय शब्दका रूपमा उनले प्रयोग गरेका हुन् । ‘भाते कुकुर’ शब्दको अभिधा अर्थ खराब भए पनि यी शब्दले पुकारिने मानिस असल हुने गर्थे । कुकाम गर्नेहरूले कहिल्यै यस खाले सम्बोधन पाएनन् । भ्रष्टचारीलाई उनी खुलेरै भ्रष्टचारी भन्थे, गद्दारलाई गद्दार नै भन्थे । छोराछोरीलाई नपढाउनेलाई श्रम सजायको दायरामा ल्याउँथे । अरूको कानले मागेको हैन आफ्नो मुखले रोजेको भाषा र भाकामा आफ्ना कुरा राख्न पाउनुपर्छ भनेर खुला वाकस्वतन्त्रताको वकालत गर्थे । पञ्चायतलाई शोषक, फटाहाको अराजक व्यवस्था भन्थे । उनले राष्ट्रिय पञ्चायतदेखि आमसभा र सर्वसाधरण एवं शासकहरूसँग एकै किसिमको भाषा बोले । चाहे सर्वसाधरण हुन् या शासक प्रशासकहरू नै किन नहून् सबैलाई तँ भन्थे, तिमी विरलैलाई भन्थे ।

तपाईं भन्ने खालका मानिसहरू उनको नजरमा विल्कुलै कम थिए । यस कारण के थियो भने हामीसामु छँदा आदरसूचक सर्वनामको प्रयोग गर्छौं तर उसको अनुपस्थितिमा अनादरसूचक सर्वनामको प्रयोग गछौं । यसको कुप्रभाव पर्ला कि भनेर सहयोगीले भन्दा उनी भन्थे…कसैलाई खुसी पार्न बोल्ने हैन । सत्य बोल्ने हो । उनी जसलाई जस्तो देख्यो त्यस्तै सम्बोधन गर्थे । कोही कालोधन सोहोर्न पल्केको छ भने उसलाई भ्रष्टचारीको विल्ला भिराइदिन्थे । उनी सबैलाई नाताले हैन नामले पुकार्थे । कसैले नाता लगाएमा मेरो नाम छैन, नामले पुकार भन्थे । जसले पनि आफूले चाहेअनुरूपको वाकस्वतन्त्रता जाहेर गर्न पाउनुपर्छ भन्थे । कतिपय प्रसंगमा कानुनी नजरबाट बचेर जनतालाई सूचित गर्ने काम फत्ते गराउन चाहन्थे । उनी सार्वजनिकरूपमै मानिसलाई भन्थे…तँ एक अंगालो श्रीमती वा श्रीमान् र एक थाल भातमा जीवन फ्याकिराखेको छस् ।

पालुङको जनकल्याण माविको निर्माणमा उनले सम्भ्रान्त परिवारकी पत्नी उमा शाहलाई आफू र अरूसरह ढुंगा बोकाएका थिए । यस्तै कारणले उनको वैवाहिक सम्बन्धविच्छेद पनि भयो । उनी राजनीतिक दलमा आबद्ध पनि थिएनन्, उनको आफ्नो दल पनि थिएन । उनी पूर्ण वाकस्वतन्त्रताको पक्षमा उभिएका थिए । अरूले भनेका कतिपय कुरा उनी बेठीक भन्थे । तर, आफूले चाहिँ आफू ठीक र संसार बेठीक भन्न पनि पाउनुपर्छ भन्थे । यसप्रकार उनी कतिपय ठाउँमा विवादास्पद व्यक्ति जस्ता पनि ठहरिएका छन् ।

उनका सार्वजनिक भएका धेरै कुरामध्ये केही अन्धसमर्थन गर्ने खालका छन् तर केही कुराहरू रहस्यले भरिएका छन् । उनको निधन ०५६ साल असार ७ गते ताका केही सहयोगीबाहेक लगभग उनी एक्लो र विक्षिप्त मनोदशामै थिए । उनी राजा वा विदेशी दलाल वा त्यस्तै कुनै अपराधिक गिरोहका समर्थक वा कार्यकर्ता भएका भए सामान्यभन्दा सामान्य जीवन यापन र मरण स्वीकार्नु पदैनथ्यो होला । जे होस्, रूपचन्द्र विष्ट अराजकताले नछोएका पवित्र व्यक्ति भने थिएनन् । उनमा राम्रा नीतिको खानी थियो । नराम्रा लाग्ने कुरामा पनि सत्य र न्याय भने लुकेकै पाइन्छ । जीवनको वास्तविकता कतै न कतै लुकेकै पाइन्छ ।

८. जनकल्याण माविको स्थापनाजस्ता प्रसंगहरूले पनि शिक्षाप्रतिको उनको अनुराग झल्कन्छ । सबै बाबुआमाले आफ्ना सन्ततीलाई अनिवार्यरूपले पढाउनुपर्छ भन्ने मान्यता उनको थियो । छोरा नपढाउने बाबुआमाले सजायस्वरूप जनश्रमदान गर्नुपर्ने र छोरी नपढाए दोब्बर सजाय भोग्नुपर्ने नियम बनाएका थिए । यस नियमले आजित भएका एक बुज्रुकले आफ्ना छोराछोरीलाई पढाए पनि वा नपढाए पनि तिमीलाई के मतलव भनेर रिस देखाए ।

यसको उत्तरमा रूपचन्द्रको मत थियो…नपढेर सन्तान बिग्रे डाँका गर्न हाम्रो घर आउँछन्, मुलुकको अहितमा काम गर्छन्, अतः सन्तान तिम्रो भए पनि चासो हाम्रो हुन्छ । घाटा हामीलाई हुन्छ । हाम्रो गाउँ ठाउँमा डकैत र गद्दार मान्छे हुँदा के तिम्रो मात्र इज्जत गुम्छ कि हाम्रो पनि ? रूपचन्द्रको यस प्रश्नले ती बुजु्रकको मुख थुनिएको थियो । त्यसैले उनी भन्थे, ‘छोराछोरी पढाउने बाबुआमा जिन्दावाद, छोराछोरी नपढाउने बाबुआमा मूर्दावाद ।’

९. उनको जीवनशैली बडो सरल थियो । ०५६ सालको संसदीय चुनावमा उनले जम्मा ८१ मत पाएर पनि उनी चुनावै जितेको जस्तो गरी खुसी भएका थिए । उनको मत थियो, कम्तीमा सत्य र न्यायमा रहने एउटा क्षेत्रमा ८१ जना त भाते कुकुर रहेछन् । यी सबै क्षेत्रमा यही दरमा भाते कुकुर हुने हुन् भने जनता सहजै जाननीय हुने थिए । (आफूलाई मत दिनेलाई त उनी भाते कुकुर भन्थे, यो विशेषण उनको नजरमा हामीले भन्ने गरेको माननीय वा सम्माननीय शब्दभन्दा कम महत्व राख्ने थिएन ।) उनी श्रम नगरीकन रहनै सक्दैनथे ।

उनी सार्वजनिक हितको काममा सरिक रहन्थे, उनी सधैं सत्य बोल्थे, ध्यान गर्थे, मूर्तिपूजाका विरोधी थिए । सधैं सत्य कुरा अरूलाई जानकारी दिन्थे । उनी जनचेतनाका संवाहक र गरिब, दुःखीका पहरेदार भएर जीवन समर्पण गरेका एक जागरूक योद्धा हुन् । उनी भन्थे, एक दिनमा २८८ वटा ५ मिनेट हुन्छन् । मात्र तिमी ३ वटा ५ मिनेट खर्च गर । ५ मिनेट सत्य बोल, ५ मिनेट सत्य सोच (ध्यान गर) र ५ मिनेट सत्य अरूलाई थाहा देऊ । यस प्रकार दिनमा कम्तीमा १५ मिनेट खर्च गर भन्ने उनको भनाइ थियो ।

सम्बन्धित समाचार