काठमाडौं । देशकै जेठो प्रकाशन गृह साझा प्रकाशनले पुन: विशेष छुटसहित पुस्तक प्रदर्शनी सुरु गर्ने भएको छ । पुस्तकालय दिवस, २०७९ र बडादशैँ २०७९ को अगाडिको अवसर पारेर उसले आफ्ना सबै बिक्रि कक्षहरूमा पुस्तक प्रदर्शनी तथ्या बिक्रि गर्ने प्रबन्ध मिलाएको हो । यसअघि साझाले नववर्षको अवसरमा विशेष छुट सहित पुस्तक प्रदर्शनी गरेको थियो ।
केन्द्रीय कार्यालय परिसर,पुल्चोकलगायत साझा प्रकाशनका सबै बिक्री कक्षहरू (धनगढी, कैलाली/घोराही, दाङ/ बुटवल, रुपन्देही/ पोखरा,कास्की/भरतपुर,चितवन/नुवाकोट,त्रिशूली/प्रदर्शनीमार्ग,काठमाडौँ/ जनकपुरधाम,धनुषा/ राजविराज,सप्तरी/ धरान,सुनसरी/ विराटनगर,मोरङ/ बिर्तामोड,झापा)बाट यही भदौ १९ गतेदेखि ३१ गतेसम्म पुस्तक प्रदर्शनी गर्ने भएको छ ।
पुस्तकहरूमा देहाय अनुरूप छुट उपलब्ध गराइनेछ ।
यो पनि पढ्नुहोस्;
साझाको पुस्तक मेला : ५० पैसामा एउटा पुस्तक, आफ्नो प्रति सुरक्षित गर्नुस्