मंगलबार , असार २, २०८३

संस्कृत तथा साधारण माविको बडादशैंको शुभकामना आदानप्रदान कार्यकम समपन्न

image

धादिङ । ज्वालामुखी गाउँपालिकाको संस्कृत तथा साधारण माध्यमिक विद्यालयले बडादशैं, दीपावली र छठपर्वकाे अवसरमा  शुभकामना आदानप्रदान, स्वागत तथा विदाइ एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत एवं कक्षा १२ उत्तीर्णलाई मायाको चिनोसहित बिदाइ गरिएको हो ।

कक्षा १२ कि छात्रा अञ्जना पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पालिका अध्यक्ष यमनाथ दनै रहेका थिए । कक्षा १२ कै विद्यार्थीद्वय केशव तामाङ र सुशीला तामाङले उद्घोषण गरेका कार्यक्रम भव्यताको साथ् सम्पन्न भएको विद्यालयका शिक्षक केशवराज भट्टले बताए । प्रथम त्रैमासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई प्रमुख अतिथिबाट पुरस्कार वितरण गरिएको समेत उनले बताए ।

कक्षा १ देखि १० कक्षाका विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको छ । यस अवसरमा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए ।

ज्वालामुखी-२ सातदोबाटोमा अवस्थित विद्यालय साविक मैदीकै जेठाे विद्यालय हो । वि.सं. २०१७ साल माघ १७ गते स्थापना भएको विद्यालयले जिल्लाभर नै आफ्नो प्रभाव छाड्दै आएको छ ।

Tags:

सम्बन्धित समाचार