सर्लाहीको कौडेना गाउँपालिका पुनः विवादित बनेको छ ।
काठमाडौं । सर्लाहीको कौडेना गाउँपालिका पुनः विवादित बनेको छ । तीन दलको नेताहरू पुनः मतदानको माग राख्दै सो ठाउँमा प्रदर्शनसमेत गरिरहेका छन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार सोहिक्रममा झडप भएको हो । मतगणनाका लागि गाउँपालिका कार्यालयभित्र सर्वदलीय बैठक बसिरहेको बेला बाहिर कार्यकर्ताहरू बिच झडप भएको बताइएको छ ।
जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा माओवादी केन्द्रले सो ठाउँमा पुनः मतदान गर्नुपर्ने माग गरेका छन् । नेपाली काँग्रेस भने मतगणना हुनुपर्ने कुरामा जोड दिइरहेको छ ।
काँग्रेस समर्थकले कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्र रायको सवारीसाधनमा ढुंगामुढा गरेपछि अवस्था बिग्रिएको जनाइएको छ । स्थिति सामान्य बनाउन प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ ।