मंगलबार , भाद्र ३०, २०८३

सर्लाहीको हरिपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित

सर्लाहीको हरिपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन्

image

काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरका लागि काँग्रेसका उम्मेदवार गोपाल पजियार ६९३८ मत सहित निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुनिलकुमार बुढाथोकीले ३८८७ मत प्राप्त गरेका थिए ।

उपमेयरका लागि काँग्रेसकै उम्मेदवार निलमदेवी राय यादव ५५८३ मत सहित निर्वाचित भएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी शिला कार्कीले ४०७६ मत प्राप्त गरेकी थिइन् ।

काँग्रेस नौ वडा रहेको नगरपालिकामा तीन वडामा विजयी भएको छ । सर्लाहीको धनकौल गाउँपालिकामा पनि काँग्रेसकै अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् ।

Tags:

सम्बन्धित समाचार