काठमाडौं- नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले मंगलबार उच्चस्तरीय भेटवार्ता गर्दैछन् । जसले गर्दा काठमाडौंको सडकमा आज पनि सवारी आवागमन प्रभावित हुने भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भीआईपी सवारीको कारण काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरेका छन् ।
प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान करिब पौने ९ बजेतिर रवि भवन सोल्टी होटेल, कालीमाटी, टेकु, भोटे बहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वर देखि तीनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ ।
दिउँसो साढे ३ बजे भने रवि भवन, सोल्टी होटेल, कालीमाटी, टेकु, भोटे बहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली , माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने छ ।
त्यस्तै दिउँसो साढे ४ बजेतिर पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटे बहाल, टेकु, कालीमाटी, रवि भवन र सोल्टी होटेल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने छ ।
उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।