शुक्रबार , साउन २२, २०८३

मनोमन्तव्य : श्रोडिङ्गरको बिरालो

image

© मन्तव्य ©

मनका केही कुरा..,

सामाजिक सञ्जालमा अहिले मान्छेको धेरै हदसम्मको जीवन/जोवन र जवानी कैद छ । शताब्दी पनि त २१ औँ …हे हे ! सञ्जालमा आफूलाई उभ्याउने कुरा सबैको आ-आफ्नै छ, हुनु पनि पर्छ । विश्वको आँधीभन्दा धेरै जनसंख्याको डिजिटल अस्तित्व छ । नक्कली थप अस्तित्व हुनु, अर्को छुट्टै पाटो त छँदैछ । तपाईंहरूले भरपुर सञ्जालमा देख्न सक्ने/देख्न पाउने/देख्न नचाहे पनि देखिने/कहिलेकाहीँ खोजीखोजी हेरिने: हँसाउने/रिस उठाउने/गाली गर्ने/गराउने ‘ट्रोल अथवा मिम’ तपाईंलाई थाहैछ, मलाई भन्दा धेरै नै ..!

ट्रोल गर्नेहरूले गरेको क्रियाकलापलाई निहाल्ने हो भने अधिकांश सबै गलत र नकारात्मक भने होइन । ट्रोलले गर्दा आदर्श व्यक्तिहरूको नाङ्गो चरीत्र पनि देखियो । र एक आम मान्छेले पनि धेरै मान्छेको नजर पुग्ने अवसर पनि पायो ।

सञ्जालको नाम मैले भन्नू परेन । उदाहरणका लागि …( हजुरलाई के याद आयो /हजुरले जे चलाउनु हुन्छ, त्यहीप्रति समर्पित ! )

मिम(Meme) बनाउनु केही समय अघिदेखि प्रतीभा र कलाको रुपमा विकास भइरहेछ । व्यङ्ग्य कार्टुन पनि यसै अन्तर्गत आउँछ क्यार । हुन त मिमका किसिम धेरै नै छन्, जस्तै कि : बौद्धिक, भावनात्मक, व्यङ्ग्यात्मक, प्रतीकात्मक, सन्देशमुलक । यति भएपछि यिनैमा भाव हुने नै भए, भावमुलक भन्नू नपर्ला । (यो मेरो वर्गीकरण हो अरू भए थप्नुस् …)

मेरो दृष्टि एउटा त्यस्तै “मिम” तिर आँखा पर्‍यो र प्रिय पनि भयो । जसमा माथि उल्लेखित सबै प्रकारको गुण छ ।

“क्षोडिन्जर मुस्कान” त्यस्तै एउटा मिम । मेरो प्रिय Meme, तपाईं फेसबुक चलाउनु हुन्छ भने मेरो ‘Bio’ पनि देख्न सक्नु हुन्छ । यसको प्रतीक  :): यस किसिमको हुन्छ । :):

==| काम |==

‘तपाईंलाई हो नि काम चाहिँ ‘  :):  यो देख्नु भयो ? अँ, सायद देख्नु भो । अब तपाईंको मर्जी जतासुकैको भएपनि दुईवटा बिन्दुलाई (:) छोपेर हेर्नुस् । पहिले अगाडिको गर्नु भएको भए अब पछाडिको गर्नुस् । पहिले पछाडिको गर्नु भएको भए अब अगाडिको गर्नुस् । गर्नुभयो ? (नगरेको भए नि गर्नुस् है -हे हे ) ।

के के देख्नु भयो ?

जे देख्नु भयो, दृष्टिलाई धन्यवाद दिनुस् । अनि त्यो अहिलेलाई याद गर्ने काम तपाईंको परी आएको खण्डमा म सम्झाउने छु । (काम -१)

केही धरातलको कुरा ….

==/ सर अर्विन श्रोडिङ्गर /==

एक वैज्ञानिक प्रमात्रा यान्त्रिकी विज्ञान क्षेत्रका (Scientist of Quantum Mechanics/Physics Field) अर्विन श्रोडिङ्गर अस्ट्रियन सैद्धान्तिक भौतिक शास्त्री (Austrian theoretical physicist ) हुन् । जन्म सन् १८८७ अगस्ट १२ मा उनको जन्म भएको थियो । उनी प्रमात्रा यान्त्रिकी क्षेत्रका प्रमुख वैज्ञानिकहरू मध्ये एक हुन् । उनले भौतिक शास्त्र पट्टीको नोवल पुरस्कार पनि प्राप्त गरे- तरङ्ग गतिविधि समीकरणको लागि ( Nobel Prize For Wave Function Equation ),  सन् १९३३ मा । उनको अरू धेरै सिद्धान्तमा योगदान पनि छ, हामी त्यो पाटोतिर नलागौँ

आज हामी श्रोडिङ्गरको वैचारिक “श्रोडिङ्जर बिरालो प्रयोग” मस्तिष्कको प्रयोगशालाबाट हेर्न खोजीरहेका छौँ । पुर्वीय व्याख्यातामा उनलाई केही हदसम्म वेदान्तबाट प्रभावित पनि मान्छन् । यसको प्रमाण तिरमा लाग्दिनँ !

~| मस्तिष्कको प्रयोगशालाबाट |~

Copenhagen डेनमार्कको सहरमा १९२० को दशक तिर, प्रमात्रा यान्त्रिकी सम्बन्धी ठूलो छलफल सभा आयोजन गरिएको थियो । यहाँ मस्तिष्क हल्लाउन खाल्का तर्क सिद्धान्त आयो । बताइए । Copenhagen Interpretation मा विभिन्न वैज्ञानिकहरूले निकालेको निष्कर्ष के थियो भन्दा , “कुनै पनि वस्तु प्रकृति, प्रवृत्ति र अस्तित्वको विन्यासको सम्भावना अनन्त हुन सक्छ । जबसम्म हामी हेर्दैनौँ/देख्दैनौँ तबसम्म के/कुन/कस्तो केही थाहा हुँदैन । “

यो कुराले श्रोडिङ्गरलाई चकित-ओ-चकित पार्‍यो । हो के त ? भनेर “श्रोडिङ्जर बिरालो प्रयोग” गरे,  जुन वैचारिक प्रयोग थियोे । सूक्ष्म विज्ञानको प्रकृति र प्रवृत्ति दुवैलाई बुझाउन आजसम्म यसको प्रयोग गरिन्छ । यो प्रयोग विवाद, समाधान र सिद्धान्तकै कारणले र लागि जन्मिएको थियो । सबैले महान मान्ने आइन्सटाइनले कुरा नबुझेर विवाद गरेको त होइनन् होला तर, त्यो समय आइन्सटाइनले खासै बुझेकै हो जस्तो त देखिँदैन र सहजै स्वीकार्न पनि सकेका होइनन् ! उनका खुद सबै सिद्धान्त मस्तिष्कको प्रयोगशालाबाटै उत्पन्न भएका हुन् र श्रोडिङ्गरको सिद्धान्त यस्तै छन् ।

श्रोडिङ्गर बिरालोलाई भन्नूभन्दा पहिले हामी यसको आधारको कुरा गरौँ …

-। सैद्धान्तिक आधार ।-

कुरा हो ३०/४० को दशक तिरको हो, त्यतिबेला पश्चिममा नयाँ सिद्धान्तले केही प्रमाण सहित तहल्का मच्चाएको थियो । वैज्ञानिकहरू सबै विवादमा तानिएका थिए र सिद्धान्तले सबैलाई चकित पारेको थियो । सरल कुरा अणु (Atom) मा हुन्छ- इलोक्ट्रन , प्रोटोन र न्युक्लियस- अहिले त यसमा विकास भएर धेरै कुराको खोज अनुसन्धान र विभिन्न नामाकरण धेरै भएको छ ।(एउटा कुरा जान्न योग्य के छ भने जे कुरा पत्तो लाग्यो त्यसपछि त्यसको प्रमाण, तिनका काम र कसरी छन्, कता छन् भनेर थाहा पाउन एकपछि अर्को वैज्ञानिकले नयाँ मान्यता, सिद्धान्त र प्रयोग गरेर यतिसम्म ल्याए । भन्न के खोजेको भन्दा पूर्णतय सही कुनै पनि सिद्धान्त थिएनन् । गलत पनि होइनन् ।)

=| धमाका |=

 Young’s Double Slits Experiment (१८०१) यसले भन्छ : प्रकाशको किरण  “कण (Particle) र तरङ्ग (Wave )” प्रवृत्ति देखाउँछ । यही कुरा  इलेक्ट्रोनमा पनि लागू हुन्छ र हल्लायो आधारहरू । एउटा इलेक्ट्रोनको दुईवटा प्रवृत्ति/दुई प्रकृति अस्तित्वको दुई अवस्था । कुरा यही हो, जसले मान्छेको विश्व / सृष्टि , सृजना र सञ्चालन र समय प्रतिको विश्वासमा प्रश्न उठाउने गरी हल्लायो ।

यसैसँग सम्बन्धित रहेर अर्को के भनिएको छ (या भनौँ मान्यता पनि छ र प्रयोगशालामा प्रयोग गरेर प्रमाणित पनि भएको छ) भने – जबसम्म कुनै साक्षी हुँदैन / दर्शक हुँदैन / यो र त्यो भनेर छुट्याउने चेतना हुँदैन तबसम्म त्यो दुवै अवस्थामा रहन्छ । यसैलाई Super-Position-State भनेर भनिएको छ Louis de Borgle द्वारा। यसलाई ‘यो होइन/यस्तो हुँदैन’ भनेर कुनै विज्ञान र सिद्धान्तले भन्न सकेको छैन ! दोस्रो काम यो पनि याद गरिरहनुस् …(काम-२) ।

[ श्रोडिङ्गरको बिरालो ] 

माथि भनियो यो मस्तिष्कको प्रयोगशालाबाट हो । बिरालोको जिन्दगीको विरोधाभास, बिरालो जीवन मानस विडम्बनाको एक खेल ! दुई अस्तित्वको एक र एक मात्र हुनु / हुनसँगको लडाइँ । यथार्थ के ? विवाद यसमा हो ।

विवाद किन ?

– अब हेरौँ प्रयोगशालाभित्रको घटना सविस्तार रुपमा …

Scientists Created Schrödinger Cat States With 20 Quantum Bits | A New Record - RankRed

~।श्रोडिङ्गरको कल्पनाबाट । ~

मान्नुस् /कल्पना गर्नुस्, एउटा बिरालो(Cat) छ, जसलाई राखिएको छ- एउटा  कडा बाकसमा, मान्नुस् न धातुबाटै निर्मित । बाकस भित्र छ, अत्यन्तै घातक किरण उत्पादन गर्ने कुनै पदार्थ या मानौँ रेडियम(Radioactive Substance ) फुट्ने काँचको भाँडामा प्राण घातक विष र ह्यामर । जडान यसरी गर्नुस् ल ( ह्यामरले लागेर काँच फुट्नु पर्छ, यसको लागि मिलाएर डोरी बाँध्नुस् ताकि किरण उत्पन्न गर्ने पदार्थको किरणले छिनाओस् ! त्यो पदार्थलाई मिलाएर विद्युतीय परिपथ (Circuit) सँग जोड्नु किरण उत्पन्न गर्नु जो छ । सबै कल्पना भयो त ? सायद भयो । नभए कम्तीमा दृश्य त बनाउनु भयो होला ?

ल है त सुुरु गरौँ अब बिरालोलाई कैद गरौँ र किरणको लागि पनि स्विच अन (Switch On ) गरियो ? गर्नुस् है …

अब सुरु हुन्छ कथा..,

तपाईंलाई के लाग्यो ? बिरालो मर्‍यो ? तपाईंको कल्पनाले के दृश्य देखायो ? मृत्युको ? (अत्यन्तै घातक किरण जो छ डोरी त छिनायो नै होला विषको त विश्वास छँदैछ  ! )

~ अघि याद  गर्नु भनेको थिएँ ( काम २ ) सम्झिनु भयो ? अँ त सम्झिनु भयो पक्कै पनि ( भएन ? त दुई/तीन हरफ माथि हेर्नुस् ! )

कुरा यहाँ बिरालोको जिन्दगीको छ ख्यालख्याल हो र भन्या ?

मुख्य कुरा छ घातक किरणको जसले निर्धारण गर्नेछ, उसको जीवन !

घातक किरणको प्रवृत्ति घातक नै हो । घात गर्छ नै । बीस त तयार छँदैछ । हामीलाई लाग्छ यही र हो पनि, तर सत्य होइन । यथार्थ हुन सक्छ यो तपसिलको कुरा । अब पनि ( ‘काम-२’ याद न आएको भए साच्चिकै हेर्नुस् ल ।) Super-Postition State ले के भन्छ भन्दा Quantum स्तरमा यदि बाकस बन्दछ भने कुनै चेतनाले हेरिरहेको छैन भने उत्पन्न हुने घातक किरण दुई अवस्थामा रहन्छ ।

१) Particle (सूक्ष्म तत्त्व / कणको रुपमा )
२) Wave (तरङ्ग) ।

अब किरण क्षय भएर डोरी छिनेको नि हुन सक्छ, क्षय नभए  छिनेको पनि । किनकि विघटनको घटना घटेको पनि हुन सक्छ, नघटेको पनि हुन सक्छ । विघटन वा क्षय भएन भने कुरा यतै सकिन्छ तर, सम्भावना छ- जे नि हुने ।

अब थाहा पाउन, हामी मानौँ कि बिरालो मरेको छ या मानौँ बिरालो मरेको छैन । मान्ने के ? नमान्ने के ? एकैपटक दुई अवस्थामा त रहँदैन ! मरेको र बाँचेको दुवै एउटा बिरालो हुँदैन नै ।

उसो भा हुन्छ के त ? भयो के त?

अवस्था बोल्छ: बिरालो न बाचेको छ, न मरेको छ ।  खै के खै के जस्तो ! जस्तो हामी मान्छे छौँ नि “घरको न घाट” को जस्तो, त्यस्तै छ बरै बिरालोको जिन्दगी !

कन्त विजोग !

यो जिन्दगी खै के जिन्दगी ?

( बिरालो र मान्छेलाई दाँज्ने ? कति गिरेको सोच / विचार भन्नू होला ! तर्कै त हो, जे नि आउला ! – यो अवस्थाको कुरा हो । अब अरू तर्क गर्ने नै हो भने “प्राणी नै त हो नि दुवै  -हे हे)

लु अब बाकस खोलेर हेरौँ, अब एक्कासि एउटा अवस्था हुन्छ- सम्भावनाको अनुसार । कि त जिउँदो ! कि त मरेको ! तपाईंले मान्दा मृत मान्नु भएको छ भने ऊ/उ जीवित हुन सक्छ / जीवित ठान्नु भएको भए मृत हुन सक्छ !

यो सबै दर्शक र उसको समयले बोकेको सम्भावनाले निर्धाण गर्ने कुरा । हजुरले के देख्नु भयो ? मलाई कल्पना बाटै सुटुक्क भन्नू ल ..!

जिउँदै रहेछ र रिसाएर निक्लेको छ भने आफै सावधान (!) हुनु होला । बिरालोको रिस थाहै होला तपाईंलाई ..!

– स्मरण रहोस् यो घटना प्रमात्रा यान्त्रिकी स्तरको हो ! त्यहीँ घटिरहेको छ ।

( This Event is Happening At Quantum Level In Imagination of Yours )

काम-१ सम्झिनुस् त … नभए हेर्नुस् माथि पाँचौं हरफतिर । देखेको तपाईंले

: ) यो या त : ( यो । कि पहिले : (  यो अनि : ) यो । तपाईंलाई लागेको मलाई लागेको केही लेखौँ ? म तपाईंलाई लागेको कुरा कल्पना गरिहाल्छु नि ! स्तम्भकारको अधिकार प्रयोग गरेर ! लेखेँ ल ….

What is Schrödinger's Cat? | BBC Science Focus Magazine

:): श्रोडिङ्गर मुस्कान :(: 

यो तपाईंको कथा हो !

कथा कथाको हो / कथा व्यथाको हो । हो तर हो एउटाको !

अर्थको व्याख्यान र व्याख्यानको अर्थमा गुम छ विचार / गुम्छ मान्छे !

रुन्चे हाँसो हाँस्छ र हाँस्दै आँसु झार्छ ।

मान्छे आफू आफैँमा मर्छ / आफू आफैँमा बाँच्छ

आफैँद्वारा अस्तित्वको सारमा ।

समय, सिमसिमे पानीमा लागिरहेको घाम हो, पानी हो

र भिजिरहेको एक मनुवा र रुझिरहेको धरा !

खुसीको मैदानमा लडाइँ हुन्छ मुस्कानको

मुस्कान मापदण्डमा मान्छे कैद !

म मान्छेले बुझिँन कि कसो ? मुस्कान ओठको आँसु थियो !

पीडकको सूचीमा आँसु सागरको माछोलाई मान्छे भन्नू छ !

म माछो मान्छेले कहिल्यै बुझिनँ कि कसो ? आँसु आँखाहरूको मुस्कान थियो !

अर्थ बोझको व्यर्थता सधैँ गहनाले भिर्छन् !

मुस्कान दुःखी हुनुको थियो; खुस देखियो अरू नजरमा

आँसु खुसीको थियो; दुःख देखियो अरूको नजरमा !

दुःख दबाउन खोज्छ ! दबेर आफू दुःखमा

मर्छ एउटा प्रेमी उनैको मुस्कानमा

टिक्छ कि? प्राण उनको उसैको मुस्कानमा ।

प्रेमील मुस्कानमा हुन्छन् के ?

को हेर्छ यथार्थ भित्रको

नक्कली / सक्कली थियोे के ?

देखेको मुस्कान

नक्कली / सक्कली थियोे त थियो के ?

मुस्कान त थियो के ?

कुराको पुनरावृत्ति ! मान्छेको तर्कको/इतिहासको प्रवृत्ति !

भिर्छ दुई थान आँखाहरूमा आँसु ।

एकै ओठहरूमा मुस्कान ।

बुझ्दैन सभ्यता ?

– थाक्छन् आँखाहरू । सुक्छन् ओठहरू ।

– सुक्छन् आँखाहरू । थाक्छन् ओठहरू ।

नजरको अन्जादहरूमा कैद छ मान्छेको चित्र । चरीत्र ।

हिसाबकिताबको एक फैसलामा अड्किन्छ जीवन यात्रा ।

यात्राको विरोधाभाषपूर्ण मुस्कानलाई मनैदेखि माया ।

मनको माया । माया ! माया ! ! ए मनमाया ।

:): समर्पण ~ 

प्रयोगशालामा । श्रोडिङ्गरमा

मबाट

विरोधाभासपूर्ण सिद्धान्तलाई । जीवनलाई । जिउनेलाई ।

कल्पनालाई र दृश्यलाई ।

पढिरहनु भएको तपाईंलाई ! :(:

। इति / अस्तु ।

सम्बन्धित समाचार