मंगलबार , भाद्र ३०, २०८३

स्याङ्जाको आँधिखोलामा एमाले उम्मेदवार अध्यक्ष र उपाध्यक्ष

स्याङ्जाको आँधिखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन्

image

काठमाडौं । स्याङ्जाको आँधिखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । एमालेका उम्मेदवार विश्वनाथ पौडेलले ५१७७ मत प्राप्त गर्दा नेपाली काँग्रेसका प्रेमराज पौडेलले ४३५१ मत ल्याएका थिए ।

त्यसैगरि उपाध्यक्षमा एमालेकै सीता थापा ५२७३ मत सहित विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का रामप्रसाद पौडेलले ३८१७ मत ल्याएका थिए ।

६ वटा वडा रहेको गाउँपालिकाको १, २, ४ र ५ मा एमालेका उम्मेदवार निर्वाचित भएका छन् भने ३ र ६ वडामा काँग्रेसका अध्यक्ष निर्वाचित भएका छन् । १६ हजार २५० मतदाता रहेको आँधीखोलामा १० हजार ८२५ मत खसेको थियो ।

Tags:

सम्बन्धित समाचार