काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन्
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा कृष्णहरि महर्जनले ११९८८ मत प्राप्त गरेर विजयी भएका हुन् भने उपमेयरमा सिर्जना बुर्लाकोटीले १०७८६ मत प्राप्त गरेर निर्वाचित भएकी छिन् ।
मेयर पदका लागि अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहराले ७८०८ मत प्राप्त गरेका थिए । उपमेयर पदका लागि एमालेकी भवानी डोटेलले ८६०० मत ल्याएर पराजय भएकी थिइन् ।