न्यातापोल मन्दिर निर्माणपश्चात् बाँकी रहेको सरसामानको प्रयोग गरि यो भवन बनाएको हो भन्ने जनश्रूति रहेको छ ।
नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्लको शासनकालमा भनपा वडा नं ६ तुछिमला टोलमा यस भवनको निर्माण भएको थियो । न्यातापोल मन्दिर निर्माणपश्चात् बाँकी रहेको सरसामानको प्रयोग गरि यो भवन बनाएको हो भन्ने जनश्रूति रहेको छ ।
यस भवनको विशेषता भन्नू नै यस भवन पुर्ण रुपले ईटाले बनेको छ । अरु घर, मन्दिर, भवनहरूमा झ्याल, टोरण, टुडालहरु काठको रहने गर्दछ भने यस भवनमा रहेको झ्याल, टोरण, टुडाल, आँखीझ्याल समेत ईटाले बनेको छ । यसरी सम्पुर्ण वस्तुहरू ईटाले बनेको भवनलाई टेराकोटा भवन भन्ने गर्दछ ।
यस भवन नै नेपालको पहिलो टेराकोटा भवन हो । यस भवनमा गणेशको मुर्तीका साथै आकाश भैरव, र अवाल परिवारहरुको आगन देवता समेत रहेको छ । अवाल परिवारका सदस्यहरुले यहाँ रहेका आगन देवता पुजा नगरेसम्म आफ्नो घरमा पुजा गर्नु हुन्दैन भन्ने मान्यता रहेको छ ।

यस आगनछेंमा चथा: पुजा, दशैंमा जमरा राख्ने, भगवतीको पुजा, तिहारमा लक्ष्मी पुजा गर्ने जस्ता चाड पर्वमा गरिने सम्पुर्ण पुजाहरु गर्ने गर्दछ । त्यस्तैगरि येन्यापुन्हीका दिन यस भवनमा रहेको आकाश भैरवलाई बाहिर राखेर हाथुहायका जात्रा पनि गर्ने गर्दछ । यो जात्रा हेर्नेहरुको घुइँचो लाग्ने गर्दछ । यस जात्रामा आकाश भैरवको मुखबाट निस्किने थों पिउने जात्रालुहरुको पनि घुइँचो लाग्ने गर्दछ ।
यस विश्वकर्मा आगंछेंको रुपमा रहेको यस भवनमा स्थानियहरुले गुठी भोजहरू गर्ने गर्दछ । उक्त भवनको पुन: निर्माण भक्तपुर नगरपालिका र स्थानिय बासीको पहलमा २०७८ चैत ५ गते सम्पन्न भएको छ । स्रोत : किंवदन्तीमा भक्तपुर