बुधबार , बैसाख ५, २०८१

तीन अनुवादित कविता

image

१. घटना जो घटीरहेछ

घटना घट्दै आएको हो
र, घटना घट्दै गइरहेको छ
र, घटना घटीरहनेछ बार-बार
यदी यसको विरुद्ध केहि गरिएन भने !

स-साना बच्चाहरू केहि जान्दैनन्
किनभने उनीहरू स-साना छन् !

गरिबहरू ध्यान दिदैनन्
किनभने उनीहरू बहुत गरिब छन् !
र, धनवान कोहि ध्यान दिईरहेका छैनन्
किनभने उनीहरू बहुत धनवान छन् !

मूर्खहरू खासै चासो दिईरहेका छैनन्
किनभने उनीहरू बहुत मूर्ख छन्
र,बुद्धिमानहरू पनि खासै चासो दिईरहेका हुँदैनन्
किनभने उनीहरू बहुत बुद्धिमान छन् !

युवायुवतीहरू यसप्रकारको कुराहरू प्रवाह गर्दैनन्
किनभने उनीहरू बहुत युवा छन् !
र, वृद्धवृद्धाहरू यसप्रकारको कुराहरू गरेर चिन्तित हुन् चाहदैनन्
किनभने उनीहरू बहुत वृद्ध भइसकेका छन् !

यसकारण यसको विरुद्ध कहिल्यै केहि हुँदैन
र, यसकारण केहि हुँदै हुँदैन
र, सधैं यहि भइरहन्छ
र, बार-बार भइरहनेछ यहि !

– अनन्त कुमार पाषाण


२. तिम्रो चन्द्रमा, मेरो चन्द्रमा

तिम्रो झ्यालबाट आकाश देखिन्छ र, आकाशमा चन्द्रमा देखिन्छ
जो तिम्लाई निकै प्यारो लाग्ने गर्दछ
जसलाई देख्दा तिम्लाई
आफ्नो प्रेमीकाको याद आउने गर्छ

एक चन्द्रमा
मेरो खुल्ला आकाशमा पनि देखिने गर्दछ
तर उसलाई देख्दा
भोकमरीको यस मौसममा
मेरो मुखबाट
एक मात्र शब्द निक्लन्छ- ‘रोटी’
– मलाई रोटी याद आउने गर्दछ

चन्द्रमालाई नै चन्द्रमा भन्नको लागि
जरुरि हुन्छ, पेटमा रोटी टुक्रा हुनु !

– अन्जना वर्मा


३.यातना

जब उनीहरू तिम्रो आमालाई यातना दिने गर्छन्,
एउटा रुख रोप
जब उनीहरू तिम्रो बालाई यातना दिने गर्छन्,
एउटा रुख रोपजब उनीहरू तिम्रो भाइलाई यातना दिने गर्छन्,
एउटा रुख रोप ।

र, जब उनीहरू तिम्रो आफन्तको,
तिम्रो प्रेमिकाको हत्या गर्ने छन्,
एउटा रुख रोप

जब उनीहरू तिम्लाई यातना दिने गर्छन्
यसप्रकार कि
तिम्रो मुखबाट एक शब्द ननिस्कोस्,
एउटा रुख रोप ।

तब उनीहरू रुखहरूलाई यातना दिन थाल्नेछन्,
रुखहरू काट्न थाल्नेछन् ।

र, अब उनीहरूले यातना दिने
नयाँ तरिका शुरुवात गरिसकेका छन् ।
– एलिस वाकर


(अनुवाद : राजु झल्लु प्रसाद )

सम्बन्धित समाचार