आइतबार , भाद्र ७, २०८३

त्रिवेणी धाम : जहाँ सीताको कुटी र उनले प्रयोग गरेको इनार छ

‘गजेन्द्र मोक्ष,’ नेपाली पेगोडा शैलीमा निर्मित दैविक सम्पदा सम्पन्न, दक्षिण पश्चिम शैली एवम् वास्तु शास्त्रीय विधानका अनुसार पन्च महाभूत पन्जीकरण पद्धतिद्वारा निर्मित ब्रह्माण्डको प्रतीकात्मक स्वरूप दर्साउने पाँच तले मन्दिर हो । यो मन्दिरले नेपालको धार्मिक सम्पदा गरिमा दर्साउँछ । मन्दिर बाहिर भगवान्को रथ तानिरहेका हात्ती देख्न सकिन्छ ।

image

नवलपरासी । नेपालको नवलपरासी जिल्ला हुँदै बग्ने नारायणी नदीको किनारमा बसेको धार्मिक स्थल त्रिवेणी धाम तीर्थालुहरूको आस्थाको एक मुख्य केन्द्र हो । त्रिवेणी धाममा नेपाल तथा भारतबाट तीर्थयात्रीहरू आउने गर्छन् । पहाड र मैदानी क्षेत्रदेखि तीर्थयात्री तथा प्रकृति प्रेमीको आँखा जहाँसम्म जान्छ, उनीहरूले विशाल पर्वत र बाक्लो जङ्गलबिच देवीदेवताको मन्दिर नै मन्दिर देख्नेछन् ।

त्यहीँ पहाडको शिरबाट झरेका केही झरनाहरू पनि छन् । यो ठाउँमा हिन्दुका अलावा बौद्ध धर्मका मान्छे र प्रकृतीप्रेमी पर्यटकहरूको विशेष आगमन हुने गरेको पाइन्छ । श्रद्धालुहरूले गजेन्द्र मोक्ष, गज ग्राह, महर्षि वाल्मीकि आश्रम, सिसमहल, नरदेवी स्थल, शिव-पार्वती समेत धेरै देवी-देवताको दर्शन गर्न सक्नेछन् ।

‘गजेन्द्र मोक्ष,’ नेपाली पेगोडा शैलीमा निर्मित दैविक सम्पदा सम्पन्न, दक्षिण पश्चिम शैली एवम् वास्तु शास्त्रीय विधानका अनुसार पन्च महाभूत पन्जीकरण पद्धतिद्वारा निर्मित ब्रह्माण्डको प्रतीकात्मक स्वरूप दर्साउने पाँच तले मन्दिर हो । यो मन्दिरले नेपालको धार्मिक सम्पदा गरिमा दर्साउँछ । मन्दिर बाहिर भगवान्को रथ तानिरहेका हात्ती देख्न सकिन्छ । मन्दिर भित्र बैन्कटेस भगवान्, राधाकृष्ण, अष्टलक्ष्मी, वाल्मीकि आश्रम, मत्स्य, कूर्म, वराह, नरसिंह आदि दस अवतार, हनुमान, गरुड आदिको दर्शन गर्न सकिन्छ ।

यहाँका मन्दिरमा हुने पूजापाठ, आरती, धूपको सुवास तथा शङ्ख-घण्टको आवाजले मान्छे भित्र एक किसिमको शान्ति प्रदान गर्छ ।  डुङ्गा चढेर नारायणी नदी पार गरी जङ्गलै जङ्गल आधा घण्टा हिँडेपछि चितवनतर्फको वाल्मीकि आश्रम पुग्न सकिन्छ । जहाँ वाल्मीकि ऋषिको तपोस्थल, सीताको कुटी र उनले प्रयोग गरेको विश्वास गरिने इनार देख्न सकिनेछ । साथै, रामका पुत्रहरू लव-कुशको पाठशाला पनि त्यहाँ देख्न सकिन्छ । मठमन्दिरहरू सबै परिक्रमा गर्न पाँच कोष अर्थात् १५ किलोमिटर दूरीको यात्रा गर्नुपर्छ । हिँडेर अथवा गाडी चढेर पनि धामको परिक्रमा गर्न सकिन्छ । बिहानै उठेर शिवालयको दर्शन गरिसकेपछि यो धार्मिक यात्रा सुरु हुन्छ ।

नारायणगढबाट ७० किलोमिटर पश्चिम र बुटवलबाट ४५ किलोमिटर पूर्व पर्ने बर्दघाटबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणी पुग्न दुई घण्टा धुले सडकमा यात्रा गर्नुपर्छ । बर्दघाटबाट त्रिवेणीका लागि बिहान ७ बजेबाट साँझ ५ बजेसम्म  प्रत्येक घण्टामा बस छुट्छन् । सो ठाउँमा क्षमता अनुसारका होटेल तथा लाज सजिलै भेट्न सकिन्छ ।

त्रिवेणी पुगेपछि जानैपर्ने अर्को तीर्थस्थल हो- भारतको भैसालोटनमा रहेको जटाशंकर मन्दिर । जटाशंकर मन्दिरको दर्शन गरेपछि नरदेवी र लवकुश घाट हुँदै नेपालकै भूमिमा रहेको गढीमाई,शिवपुर, केउलानीमाई,लक्ष्मीनारायण र राधाकृष्ण मन्दिर हुँदै त्रिवेणीको सुरुमा दर्शन गरेको शिवालयको मन्दिरमा पुगेर यात्रा समाप्त हुन्छ ।

नारायणी नदीलाई ‘छिर सागर निस्किएपछि पृथ्वीमा नारायणले बास गर्ने ठाउँ भएकाले नारायणी भनिएको’ भन्ने कथन प्रचलित छ । उदयपुरको कटारी बजारबाट ६ किलोमिटर पश्चिममा ककरु, तावा तथा कमला नदीको सङ्गममा रहेको शक्ति पीठ पुरातात्त्विक पर्यटनको लागि पनि विशेष मानिन्छ । यो ठाउँलाई स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी सङ्गम रहेकाले ‘त्रिवेणी’ भनिएको हो । यी नदीलाई सोना, पञ्चा र नारायणी नदी पनि भनिने गरिन्छ ।

सम्बन्धित समाचार