काठमाडौं । अमेरिकाले नेपाललाई करिब ८० अर्ब रुपैयाँ अनुदान दिएको छ । सरकारले अमेरिकाबाट अनुदानमा उपलब्ध हुने सो रकम स्वीकार गर्ने निर्णय गरेको छ।
अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूएसएड) बाट प्राप्त हुने ६५९ मिलियन अमेरिकी डलर (७९ अर्ब ७१ करोड) रुपैयाँ स्वीकार गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
बुधबार (चैत ३० गते) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।