दुई वर्ष अगाडि जाजरकोटका कृष्ण विक र रमेश चलाउने तथा जुम्ला तल्फीका तिल सार्कीका खबर गहिरो शोक बनेर आए । हिजो अस्तिको कुरा हो, मुगम कार्मारोङ गाउँपालिका-७ महगाउँका १६ वर्षिया असल तामाङको लेक लागेर मृत्यु भयो । मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्ने उनी बिहानीपख खसेकाे उल्का पीण्ड झैँ मिलिक्क गरेर बिलाए ।
– सार्की
रातभर उसिनेका, दुई दिन सुकाएका सिमी, मकैको पिठो, खाद्य संस्थानबाट पाँच घण्टे म्याराथनपछि घर भित्रिएका चामल, सिन्की आदि खानेकुरा र केही थान कपडा खाँदेर बनेको बडेमानको आफूभन्दा ठूलो भारी बोकेर हिँड्ने बेला आमाले भनेकी थिइन्, ‘भाउअ (छोरा) राम्मो, पठारो (सजिलो) गरि गएस् ।’
नाम्लोले घचक्क खिचेर घाँटीको आकार दुई इन्च घटाउँदा जिन्दगीले पहिलो पटक देख्यो, पहेँला घाम । आँखाबाट आगोका फिल्का नाच्ने बेला आमाका मुखबाट निस्किएका थिए, संसारकै प्रिय वाक्य । हाय ! आमाको बोली । एक मन भनिरहेथ्यो, ‘आमा छोडेर कहीँ नजाऊँ ।’ अर्को मन भनिरहेथ्यो, ‘हिँड्ने बेला यस्तो के सोचेको ? जा खुरुक्क ।’
मन यसरी कुँडियो कि खुलेर ‘आमै राम्मरी बस्या है’ भन्न सकिएन । गला अवरुद्ध थियो । बोल्यो भने हिक्का छोडिने डर । आमाको अनुहारमा आँखा डुलायो आँसु खस्ने डर । कतै नहेरी सरासर ओरालो हिँडेर जुम्ला खलंगा पुग्दासम्म केही भएन । टुँडिखेल हुँदै उकालो चढ्दासम्म ठिकै थियो । चेरे चौर पुग्दा अनुहारमा लाली पोतिन सुरु भइसकेको थियो ।
अनुहार पनि बहुराष्ट्रिय कम्पनीको ब्रान्डेट लाली लगाएजस्तो हुन्थ्याे। सुरुमा फिक्का रातो, विस्तारै रंग बदलिएर गाढा रातो, अनुहारभरि पोतिँदा छाला टनटन भरिएर फुट्ला झैँ हुने ।
डाँफे लेख काटेर ओराले लाग्दा फिक्का, भुलभुले उकालो चढ्दा गाढा रंगमा बसेको लाली उसैगरि पाँच दिनसम्म बस्यो । कैयौँ पटक पसिनासँगै बगेको आँसुले पखाल्न सकेनन् ।
२०६६ सालको जेठ महिनामा पहिलोपटक कतै टाढाको दूरी नापेका थिए खुट्टाले । सायद त्यो हजार माइलको यात्रा थियो । त्यसैले एक पाइलाबाटै सुरु भयो । ती पाइलाहरू जुम्लाको पातरासी पेरेबाट सुरु भएर पुगेका थिए मुगुका पाटन इमार, माजिनथान, नयाँ वन, अंग्री, छाप खोला, च्यार्कु, रिमार, ठूलोकोखी, स्यानकोखि, चाल्ने, टाँके, हङ्गदङ्ग खोला लगायत ठाउँ । जहाँ पाइन्थ्यो, यार्सागुम्बा अर्थात् जीवनबुटी ।
त्यहीँ पाईपाई खोजेथेँ -यार्सागुम्बा । कक्षा छ । रोल नम्बर १२ । उमेर १३ वर्ष । नाम गाेर्ख बहादुर बाेहाेरा ।
ऊ गएको थियो यार्सागुम्बा टिप्न । त्यहीँ उसले कमायो १५ हजार रुपियाँ । जिन्दगीको पहिलो कमाइ पन्ध्र हजार हातमा राखिदिँदा आमाको मुहार बलेको दियाेजस्तो भयो । गाेर्खको मन त झन् नालापानीमा युद्ध जितेको बहादुर गोर्खालीको भन्दा बढी । घर खर्च र कापी किताबमा सकियो पहिलो वर्षको कमाई । दोस्रो र तेस्रो वर्षको कमाई पहिलाको हाराहारीमा भयो । तर, चौथो वर्ष समयले कोल्टो फेर्यो, उसले सात लाख कमायो ।
कक्षा नौ पढ्दै गर्दा उसले यति धन कमायो । त्यसबेला भ्रष्टाचार नगर्ने नेपाल सरकारको मुख्य सचिव त्यति कमाउँदैनथ्यो । बाँकी चार वर्ष चार, पाँच लाखको हाराहारीमा कमायो । असन्तोष केही थिएन । घर व्यवहार र पढाइ खर्चको लागि समस्या भएन । बाँकेको कोहलपुरमा थपियो एउटा मिलेको घडेरी ।
कलिलो उमेरमा नङमासु खियाउँदा, पैतालामा खाटा बस्दा जीवनले लय समात्यो । आफूले सोचेको जस्तो भयो । तर उसकाे जस्तै सुखदुःख गर्न पुगेका थिए हजारौँ सहयात्री । जसको पनि ओठ निचोर्यो भने दुधै आउँथ्यो ।
हुन त मुगुबाट तत्कालीन प्रधानमन्त्री ओली र उनकी पत्नी राधिकाका छोरीहरू ठिन्ले साङ्मु लामा र छिरिङ छोङजुम लामा पनि आठ नौ वर्षकै उमेरमा यार्सा खोज्न पाटनतिर लागेका थिए ।
आफन्त र नातागोता सहित दुई, तीन महिना लेकको बाँस गर्न स्कुल छोडेका उनीहरू हिँडिरहेछन्, जिन्दगीको लामो सफर ।
हरेक वर्ष कोही न कोही त्यहीँ छुट्छन् सँधैको लागि । अनि वर्षभरी ऊ गयल हुन्छ र अर्को वर्ष सधाकाे लागि नाम काटिन्छ । लाग्छ, उनीहरू पाटन भन्दा पनि टाढाको सुदूर यात्रामा निस्किए । स-साना नानीहरू लेकमा बिलाउँदै गरेको हिउँजस्तै बिलाउँछन् ।
सात कक्षा पढ्दै गर्दा अनेकौँ सपना बुनेर मुगु नाक्चेलाग्ना चढ्दै गर्दा आजभन्दा ११ वर्षअघि अस्ताएका थिए पातरासी २ का सेर बहादुर बुढा ।
पाँच वर्षअघि रत्नचूडेश्वर माविमा कक्षा १० पढ्दा पढ्दै कक्षा केठा छोडर हिँडेकी छिरिङ लामा बस्ने पहिलो बेच्न वर्षभरिलाई खाली भयो । दुई वर्ष अगाडि जाजरकोटका कृष्ण विक र रमेश चलाउने तथा जुम्ला तल्फीका तिल सार्कीका खबर गहिरो शोक बनेर आए । हिजो अस्तिको कुरा हो, मुगम कार्मारोङ गाउँपालिका-७ महगाउँका १६ वर्षिया असल तामाङको लेक लागेर मृत्यु भयो । मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्ने उनी बिहानीपख खसेकाे उल्का पीण्ड झैँ मिलिक्क गरेर बिलाए ।

यार्सागुम्बा अहिले कर्णालीको उच्च हिमाली क्षेत्रमा बसोबासे गर्नेको मुख्य आम्दानी हो । यतिबेला कमाउन पाइएन भने वर्षभरिलाई छुकछुक हुन्छ । पछि छुकछुकाउने मानसिकतामा कोही हुन्नन् । अवसर छोप्न खोज्छन् । यस्तै मौका छोप्छन्, स्कुले केटाकेटीदेखि लेख गाड गर्न सक्ने उमेर समूहसम्मका मानिसहरू ।
घर ताला लगाए यार्सागुम्बा संकलन गर्न जाने जुम्ला चौधविस क्षेत्रका नागरिक बढी छन् । कतिको जीवनस्तर यार्सागुम्बाले बदल्यो । कति राम्रा व्यापारी भए । कतिले जुवा खेलाएर धन कमाउन जस्तो कार्य पनि गरिरहेका छन् । कतिले जुवातास खेलेर आफ्नो समय, श्रम र सम्पत्ति सकाइरहेका छन् ।
आर्जित आम्दानी उपभोगमा खर्च भइरहेको छ । महँगा इलेक्ट्रोनिक सामानहरू खरिद गर्दा दुःख गरेर कमाएको रकम विदेशसम्म पुग्छ र यहाँ केही रहँदैन । विदेश गई कमाएको रकम विदेश अनि स्वदेशमै कमाएको रकम पनि विदेश जान थालेपछि जिन्दगीले लय समाउने कुरै आएन ।