शुक्रबार , अषोज १४, २०७९

जिब्रो छेड्ने थिमीको येंन्या जात्रा

येंन्या पुन्हीका दिन (ईन्द्रजात्राको भोलिपल्ट) जिब्रो छेडी १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गरिन्छ ।

image

  • जिआर रञ्‍जित

जिब्रो छेड्ने जात्रा भन्ने बितिकै बोडेको बिस्का जात्रालाई सम्झिन्छौँ । हुन त बिस्का जात्राको प्रमुख जात्रा भनेको जिब्रो छेड्ने जात्रा पनि हो । तर बिस्कामा मात्र नभई येंन्यापुन्हीमा मनाउने येंन्या जात्रामा पनि जिब्रो छेडिन्छ भन्दा कतिलाई थाहा नहुन सक्छ । तर येंन्या जात्रामा मनाउने जिब्रो छेड्ने जात्रा बोडेमा नभैकन मध्यपुर थिमीको दिगुली टोलमा मनाउँदछ ।

येंन्या पुन्हीका दिन (ईन्द्रजात्राको भोलिपल्ट) जिब्रो छेडी १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गरिन्छ । यसबारे एक किंवदन्ती रहेको छ ।

किंवदन्ती अनुसार मध्यपुर थिमी क्षेत्रमा भूत र प्रेतहरुको बाहुल्य रहेको जनविश्वास रहेको थियो । यी भूत प्रेतहरूबाट छुटकारा पाउन एक तान्त्रिकले देवी बालकुमारीको पुजाआजा गरि देवीलाई प्रशन्न गर्न विभिन्न अनुष्ठानहरू गरे । उनले आफ्नो साहस देखाउन आफ्नो जिब्रो आफै छेडेका थिए । यसरी आफ्नो क्षमता प्रदर्शन पश्चात् ती तान्त्रिकले थिमी देशमा रहेका भूत प्रेत भागेका हुन भन्ने गरिन्छ । त्यसयता हरेक वर्ष थिमीका स्थानीय बासिन्दाले असुर भगाउन जिब्रो छेड्ने चलन रहेको छ ।

ईन्द्रध्वज उथानका दिन यमद्य: पुजा गर्ने भनी घरका दिवंगत व्यक्तिहरूको प्रतिमामा पुजा गरि सम्मेबजी बाँध्ने गर्दछ भने पुर्णिमाका दिन जिब्रो छेड्ने जात्रा हुने गर्दछ ।

जिब्रो छेड्ने जात्रा बाहेक अर्को एक रोचक जात्रा पनि रहेको छ जसको नाम पुलुकिसी जात्रा हो । अन्तको भन्दा पृथक पुलुकिसी जात्रा यहाँको रहेको छ । यहाँको पुलुकिसी माथी जुँगा मुसार्दै राजा बसेर आउने गर्दछ । यो जात्रा हेर्ने मानिसहरुको घुइँचो लाग्ने गर्दछ ।

फोटो : अमित मचामसी, सबिन श्रेष्ठ

सम्बन्धित समाचार