सोमबार , फागुण १४, २०८०

नाटक ‘बकम्फुसे अभिभावक’ (फोटो फिचर)

image

काठमाडौं । टेकुस्थित कथा घेरा (कौसी थिएटर)मा हास्यव्यंग्यात्मक नाटक (डार्क कमेडी) बकम्फुसे अभिभावक (GOD OF CARNAGE) चलिरहेको छ । माघ २७ गतेदेखि सुरु भएको नाटक फाल्गुन ७ गतेसम्म चल्ने थिएटरले बताएको छ ।

सतिश प्रसाईको निर्देशन रहेको यस नाटकमा रीमा मिधुन मगर, सविना गोपाली, सरोज श्रेष्ठ र विम्व अधिकारिको अभिनय कुशलता देख्न सकिन्छ । दुई परिवार आ-आफ्ना बच्चाहरोको सामन्य झगडा मिलाउन वार्ताको माध्यम अपनाउँछन्, तर नाटक अघि बढ्दै जाँदा अभिवावकहरूबीच नै द्वन्द सिर्जना हुन्छ ।

गड अफ कार्नेज यास्मिना रेजाको नाटक हो, जुन पहिलो पटक २००८ मा प्रकाशित भएको थियो ।

फोटो: राजु झल्लु प्रसाद/हिमाल दर्पण

सम्बन्धित समाचार