हिमाल आरोहण शुल्कबापत विभागले ४६ करोड ७५ लाख सात हजार ६७१ रुपैयाँ राजश्व संकलन गरेको छ ।
काठमाडौं । नेपालका अग्ला २५ वटा हिमाल आरोहणका लागि ८९९ जना आरोहीले अनुमती लिएका छन् । आरोहण अनुमति लिएका उनीहरू आधारशिविर पुगेका छन् । यस महिना मात्र यी हिमाल आरोहण गर्न ७४ देशबाट १९५ महिला र ७०४ जना पुरुष गरी ८९९ जना आरोहीले अनुमती लिएको पर्यटन विभागले जनाएको छ ।
यस महिना नेपालका हिमाल आरोहणका लागि आउने आरोही मध्ये सबैभन्दा धेरै अमेरिकाबाट १३३ जना त्यसपछि युकेबाट १०६ जना, भारतबाट ६० जना, फ्रान्सबाट ५६ जना रहेको विभागको तथ्याङक छ ।
२५ वटा हिमाल आरोहण गर्न १११ आरोहणदल रहेका छन् । विभागले प्रत्येक आरोहणदलका लागि एक जना सम्पर्क अधिकृत समेत खटाइ सकेको जनाएको छ । आरोहीसँग समन्वय गर्दै गैरकानुनी गविविधिको अनुगमन गर्न सरकारले कार्यालय नभएको क्षेत्रमा तत्कालका लागि सम्पर्क अधिकृत खटाउने गरेको छ ।
यस महिना सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ३१६ जना, त्यसपछि ल्होत्से हिमाल आरोहणका लागि ११२ जना, आमादव्लम हिमाल आरोहणका लागि ९७ जना, कञ्चनजंगा हिमाल आरोहणका लागि ६८ जना, नुप्से हिमाल आरोहणका लागि ५७ जनाले अनुमती लिएको विभागको तथ्याङकमा उल्लेख छ । सगरमाथा आरोहणको तयारीसँगै आरोहण मार्ग चौथो क्याम्प माथि पुगेको छ ।
यी हिमाल आरोहण शुल्कबापत विभागले ४६ करोड ७५ लाख सात हजार ६७१ रुपैयाँ राजश्व संकलन गरेको छ ।
हेर्नुहाेस् तथ्याङ्क :
