काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्षको तलबभत्ता लिएर भ्रष्टाचार गरेको भन्दै १६ वैशाखमा कारबाही गरीपाऊँ भन्दै उजुरी दर्ता भएको हो ।
अख्तियारमा उक्त उजुरीको दर्ता नम्बर सी- ०३२५३१, ०७९(०१(१६, १५२६२३८५ रहेको छ ।

