काठमाडौँ । विराटनगर महानगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
विराटनगरको उपमेयरमा जसपाबाट उम्मेदवारी दिएका अमरेन्द्र यादवले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
कार्कीले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिएरै उम्मेदवारी दर्ता गराएको यादवले दाबी गरेका छन् ।
कीर्ते राजीनामा तयार गरि बुझाएको र मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्यसैका आधारमा उम्मेदवारी सदर गरेको हुँदा उक्त उम्मेदवारी बदर गर्न रिट यादवले माग गरेका छन् ।
सर्वोच्च अदालतले उक्त रिटको भोली बिहीबारका लागि पेसी तोकेको छ ।