शनिबार , अषोज ३, २०८३

आर्थिक संकटमा फसेको श्रीलंकाका प्रधानमन्त्रीले राजीनामा दिए

image

काठमाडौं । आर्थिक संकटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार राजापाक्षेले सोमबार दिउँसो आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री महिन्दा राजापाक्षेले दिएको राजीनामा राष्ट्रपति राजापाक्षेले स्वीकृत गरिसकेका छैनन् ।

पछिल्लो केही समयदेखि राष्ट्रपति राजापाक्षे सरकारको राजीनामा माग्दै श्रीलंकामा दैनिकजसो प्रदर्शनहरू भइरहेका छन् ।

सम्बन्धित समाचार