सोमबार , भाद्र ८, २०८३

आजदेखि ६ दिनसम्म विद्यालयहरू बन्द हुने

काठमाडौं । आजबाट स्थानीय तहको निर्वाचनका लागि ६ दिनसम्म विद्यालयहरू बन्द हुनेछन् । मतदानको दिन वैशाख ३० गते मात्र सरकारले बिदा दिने निर्णय गरे तापनि कतिपय विद्यालयहरूमा मतदान केन्द्र राखिएकाले, शिक्षकहरू निर्वाचनमा खटिएको र कतिपय व्यक्ति मतदान गर्न जिल्ला जानुपर्ने भएकाले आजैबाट विद्यालयहरू बन्द गरिएको हो ।

image

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसअघि ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई लाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म ३ दिन बिदा दिन निर्देशन दिएको थियो ।

वैशाख ३१ गते शनिवार परेको हुँदा र सरकारको नयाँ नियम अनुसार जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक बिदा दिने घोषणा भएकाले आइतबार समेत बिदा हुनेछ । जेठ २ गते बुद्ध जयन्ती रहेकाले सो दिन पनि सार्वजनिक बिदा हुनेछ । सोहिकारण आजबाट ६ दिनसम्म विद्यालयहरू बन्द हुने भएका हुन् । विद्यालयहरू बन्द भएसँगै राजधानीबाट मतदान गर्न गाउँ फर्किनेहरूको सङ्ख्या बढेको छ ।

सरकारी कार्यालयहरूमा भने निर्वाचनको दिनमा मात्र बिदा दिइएको छ तर कर्मचारीहरू निर्वाचनमा खटिएकाले सरकारी कार्यालयहरू सीमित कर्मचारीहरूको भरमा सञ्चालन भइरहेका छन् ।

Tags:

सम्बन्धित समाचार