सोमबार , भाद्र ८, २०८३

पूर्व मुख्यमन्त्रीले गरे आचारसंहिता उल्लङ्घन

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् ।

image

काठमाडौं । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । उनले आचारसंहिता विपरीत पार्टीका लागि भोट मागेका छन् ।

बुधवार बिहान उनले आफ्नो आधिकारिक फेसबुक पेजमा नौ बजेर १० मिनेटमा एक भिडियो सेयर गर्दै आचारसंहिता विपरीत भोट मागेका हुन् । मङ्गलवार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । तर, उनले सञ्जालको प्रयोग गरेर भोट मागेका थिए ।

Tags:

सम्बन्धित समाचार